शेर प्रसाद ढकाल
चौरजहारी
रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी नेतृत्वको एक टोलीले चौरजहारीको शान्ति सुरक्षा लगायत समग्र पक्षका विषयमा छलफल गरेको छ । ईलाका प्रहरी कार्यालय चौरजहारीमा गाविसका क्रियाशिल राजनैतिक दल, व्यापारी, यातायात व्यवसायी तथा सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरेको हो । छलफलका सहभागीहरुले चौरजहारीमा खानेपानी समस्या, यातायात, शान्ति सुरक्षा लगायतको विद्यमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी भण्डारी र प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाको टोलीले सरोकारवाला पक्षसँग छलफल गरेको हो । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी भण्डारीले विकास निमार्णका काम तथा जनसरोकारका विषयमा उपभोक्ता तथा सेवाग्राहीहरु बढी सचेत बन्नु पर्नेमा जोड दिए । उनले सुशासन कायम राख्नका लागि आफू सधै प्रयत्नशिल हुने कुरामा प्रतिवद्ध रहेको समेत उल्लेख गरे । गत साउन महिनामा नै चौरजहारी विमानस्थल कालोपत्रे गरिसक्नु पर्ने भएता पनि काममा ढिला भएको भन्ने स्थानीयको गुनासोमा प्रमुख जिल्ला अधिकारी भण्डारीले सम्वन्धीत पक्षलाई छिटो काम सम्पन्न गर्न आग्रह गर्ने विश्वास पनि दिलाए । प्रहरी प्रमुख थपलियाले जनता र प्रहरी विचको आपसी सहकार्यबाट नै अपराध न्यूनिकरण गर्न सकिने कुरामा जोड दिए । अपराधीलाई दण्ड दिनका लागि सवैले सहयोग गर्नुपर्ने उनको भनाई छ । टोलीले ईलाका प्रहरी कार्यालय चौरजहारीको निमार्णाधिन भवन र शीतल उच्च मावि चौरजहारीको समेत अनुगमन गरेको छ ।
शीतल उच्च मावि चौरजहारीको भवनको अवस्था, प्राविधिक शिक्षा, कम्प्युटर कक्ष आदिको अवलोकन गरिएको प्राचार्य गणेश प्रसाद रिजालले जानकारी दिए । अनुगमन टोलीले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरुसँग छलफल गरेको थियो । केही व्यक्तिहरुबाट विद्यालयको जग्गा अतिक्रमण भएको र त्यसको रोकथाम हुन नसक्नु विद्यालयको समस्या रहेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले जानकारी गराएका थिए ।

0 comments:
Post a Comment