आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, December 26, 2014

यस्तो पनि- प्रसुतिगृह छ, सेवा छैन

प्रिति मगर
दुली, रुकुम


गाउँमै सुरक्षित प्रसुतिसेवा पाउने आषामा बसिरहेका दुलीबासीहरुको आषा यतिखेर अहिलेसम्म पनि आषैमा मात्र सिमित छ । प्रसुति सेवा सञ्चालनका लागि आबश्यक पर्ने भौतिक संरचना निर्माण देखि आबश्यक पर्ने अन्य सबै मापदण्ड पुरा स्थानीय स्तरबाट गरिएको भएपनि सञ्चालन स्वीकृति दिने निकायहरुको आनाकानीका कारण दुलीकी महिलाहरुको समस्या जस्ताको जस्तै छ ।
प्रसुतिगृह मर्मत सम्भार देखि कर्मचारीहरुको तलब सुबिधा दिन गाविस कार्यालय तयार भएपनि बिभिन्न बहानामा जिल्ला स्वास्थ्य कार्यालयले स्वीकृति ढिलो गरिरहेको स्थानीयहरुले बताएका छन । जिल्ला विकास समिति रुकुम र गाउँ विकास समिति दुलीको आर्थिक सहयोगमा महिला लक्षित बर्गको करिब साढे पाँच लाख रुपैयाँको लागतमा एक बर्ष पहिले निर्माण गरिएको तिन कोठे प्रसुति भवन समेत अहिलेसम्म प्रयोगबिहिन अवस्थामा रहेको छ । यस सम्बन्धमा उपस्वास्थ्य चौकी दुलीका ईन्चार्ज शसिराम बुढाथोकीले प्रशुतिगृह सञ्चालनमा बिषयमा जिल्ला स्वास्थ्यबाट प्रभाबकारी पहल हुन नसकिरहेको बताए ।

 ‘जिल्लाबाट प्रसुतिगृह सञ्चालनको अनुमतिको लागि पहल गरिदिन पटक पटक अनुरोध गर्दा पनि सफल भएको छैन’ उनले भने, ‘हाल सञ्चालनमा रहेका २२ वटा प्रशुतिगृहलाई नै ब्यबस्थित बनाउन नसकिरहेको अवस्थामा थप बर्थिङ सेन्टर सञ्चालन गर्न नसकिने जिल्लाबाट जबाफ आउने गरेको छ’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |