मेगराज खड्का
रुकुम
रुकुमको सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको निशुल्क आँखा शिबिरमा ७ सय बढी बिरामीहरुको आँखा चेकजाँच र अप्रेशन गरिएको छ ।
राप्ती आँखा अस्पताल तुल्सीपुर दाङको प्राबिधिक सहयोग र आँखा उपचार केन्द्र सल्ले रुकुमको आयोजनामा शिबिरको आयोजना गरिएको हो । दुई दिनसम्म चलेको शिबिरमा १ सय ११ जनाको मोतिबिन्दु अप्रेसन गरिएको छ । त्यस्तै केहि ट्रकोमा र अन्य सरुवा आँखा रोगीहरुमा पनि शिबिरमा आई सेवा लिएको आखा उपचार केन्द्र सल्ले रुकुमका प्रमुख दिपक ओलीले जानकारी दिए । उपचार केन्द्र सल्ले आँखाका रोगीहरुको समस्यालाई मध्यनजर गर्दै समय समयमा यस्ता निशुल्क शिबिरहरु आयोजना गर्दै आएको छ । जसका कारण जिल्लाबाहिर गएर उपचार गर्न नसक्ने बृद्धबृद्धा तथा गरिब समुदायहरु लाभान्बित भएको बताईएको छ ।

0 comments:
Post a Comment