आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, December 22, 2014

रुकुमलाई अठारौं खुल्ला दिसामुक्त जिल्ला घोषणा

मेगराज खड्का
रुकुम

रुकुम जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । सदरमुकाम मुसिकोट खलंगामा एक औपचारिक कार्यक्रमका बिच उपप्रधान एवम् संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकासमान सिंहले नेपालकै अठारौ खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरेका हुन । घोषणा कार्यक्रममा बोल्दै मन्त्री सिंहले नेपालको सरसफाई आन्दोलनमा रुकुम जिल्लाले पनि एउटा इट्टा थपेको बताए ।
सरकारको राष्ट्रिय कार्यक्रमको रुपमा रहेको खुल्ला दिसामुक्त अभियान सफलता तर्फ उन्मुख गराएकोमा रुकुमबासीहरुलाई धन्यबाद समेत दिए । ‘जिल्ला नै खुल्ला दिसामुक्त भैसकेका कारण रुकुम पनि अब विकास र समृद्धिको गतितिर लम्कीरहेको पाईयो’ मन्त्री सिंहले भने, ‘यसै पटक रुकुममा मुसिकोट नगरपालिका थप हुनु र रुकुम पनि नेपालकै अठारौ जिल्लाको रुपमा खुल्ला दिसामुक्त हुनु दुबै गौरबको कुरा हो ।’ जिल्लामा रहेका ४१ गाबिस र १ नगरपालिका जेठ २२ गते नै खुल्ला दिसामुक्त घोषणा गरिसकिएको थियो । २०६८ फागुन २८ गते जिल्लाको चौखाबाङ गाविसलाई औपचारिक रुपमा खुल्ला दिसामुक्त घोषणा गरि सरसफाई अभियानको शुरुवात गरिएको थियो । जिल्लामा रहेको ४१ हजार ८ सय ३७ घरधुरीमा शौचालय निर्माण पछि जिल्लालाई नै खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिएको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले बताए ।
 रुकुमको सरसफाई अभियानमा पहिलो चरणको औपचारिक कार्य पुरा भएको बताउदै स्थानीय विकास अधिकारी शर्माले अब दोस्रो चरणको पुर्ण सरसफाईका अभियानमुलक कार्यक्रमहरु बिभिन्न निकायहरुको सहकार्यमा जारी रहने बताए । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति रुकुमका सदस्य सचिब मोहन कुँवरले कार्यक्रममा एक प्रतिबेदन सार्बजनिक गर्दै जिल्ला खुल्ला दिसामुक्त भएको भएपनि सबै क्षेत्रमा प्रशस्त खानेपानीको पहुँच नहुँदा पुर्णसरसफाई अभियनमा चुनौति रहेका कारण केन्द्रको  ध्यानाकर्षण गरेका थिए । सरसफाई अभियान सफलताका लागि सहयोग गर्ने अन्य बिभिन्न क्षेत्रका ब्यक्ति तथा संस्थालाई पनि सम्मानित गरिएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |