मेगराज खड्का
रुकुम
उपप्रधान एबम् संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधान निर्माणमा देखिएका समस्याहरु एक छिनमै पनि सहमति हुन सक्ने बताएका छन । राजनैतिक सहमति भन्ने कुरा केहि चमत्कारिक समेत हुने बताउदै समय नजिकिरहेको भएपछि तोकिएको समयमा नै संबिधान जारी हुने उनको भनाई रहेको थियो ।
खुला दिसामुक्त घोषणा कार्यक्रमका लागि रुकुम आएका मन्त्री सिहले सदरमुकाम मुसिकोट खलंगामा नेपाल पत्रकार महासंघले गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन । माघ ८ मै संबिधान बन्छ त भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री सिंहले तोकिएको समय नै संबिधान जारी गर्ने आषा र बिश्वासले नै छलफल अगाडि बढिरहेको बताए । ‘तोकिएको समयमा नहुने भन्ने कुरा नै छैन, तोकिएको समयमा संबिधान जारी गर्ने भनेर नै हामीले कसरत गरिरहेका छौ’ मन्त्री सिहले भने, ‘हामीले नै संभावना नदेखेको भए त दुख नै गर्ने थिएनौं नी ।’
संघियता सहितको नयाँ संबिधान जारी गर्न सबै पक्षसंग छलफल भैरहेको र सरकारले पनि मुख्य कार्यका रुपमा यसलाई लिएको उनको भनाई रहेको थियो । सकभर सहमतिमा नै गएर संबिधान जारी गर्ने तर त्यसरी पनि नभए प्रकृयामा गएर भएपनि जारी गर्नुको बिकल्प पनि नभएको उनले बताए ।

0 comments:
Post a Comment