रचना रानामगर
रुकुम
जनजातीहरुको संस्कृति झल्किने उद्यमहरुको पहिचानका लागि आयोजना गरिएको कार्यशाला गोष्ठी शुक्रवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला आयोजना समन्वयकर्ता एवम स्थानीय विकास अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना, आयोजना समन्वय इकाई राँझा बाँकेका शसक्तिकरण विज्ञ राकेश कुमार झाँले कार्यशालाको उद्देश्य प्रस्ट पार्दै जनजातीहरुको संस्कृति झल्किने उद्यमहरुको पहिचान गर्न साँस्कृतिक महोत्सव कार्यक्रमको लागि आयोजनाको तर्फवाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, रुकुमका अध्यक्ष पहलसिंह घर्तीमगरले जनजाती उद्यमहरु प्रवद्र्धनका चुनौती तथा समाधानको उपायहरुबारे छलफल गरेका थिए । कार्यक्रमका सहभागीहरुले राडीपाखी, अल्लो प्रशोधन, भेडापालन, नयाँ प्रविधिवाट ऊन प्रशोधन, आदिवासी जनजाती संग्रहालयको व्यवस्थापन, संस्कृति प्रवद्र्धन, घरवास व्यवस्थापन (होम स्टे)को तालिम र सिस्नो पाउडर उत्पादन लगायत ३० भन्दा वढी जनजातीहरुको संस्कृति झल्किने उद्यमहरु भएको बताएका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधिहरु र आदिवासी जनजाती महासंघमा संबद्ध प्रतिनिधिहरु लगाएत ३० जनाको सहभागीता रहेको कार्यक्रमको सञ्चालन आयोजना जिल्ला समन्वयकर्ता भिम केसीले गरेका थिए ।

0 comments:
Post a Comment