मनिष खड्का
रुकुम
सल्यानको बाङगेलाखुरीवाट रुकुम हुकामका ७ बालकलाई उद्धार गरिएको छ । कास्कीको पोखरामा बौद्ध गुम्वामा शिक्षा दिने भन्दै लैजान लागिएका ७ जना वालकलाई जिल्ला वालकल्याण समिति रुकुमको पहलमा प्रहरीले उद्धार गरेको हो ।
प्रहरीले हुकाम ७ का १३ वर्षीय अर्जुन झाक्रि, १० वर्षिय लायन वहादुर झाक्रि, ९ वर्षका राजटेक वुढा र ७ वर्षिय अभिटेक वुढालाई उद्धार गरेको छ । त्यस्तै हुकाम ७ कै ११ वर्षिय सुनिल घर्तीमगर, ९ वर्षिय काले वुढा र ७ वर्षिय अभिराज वुढालाई पनि प्रहरीले उद्धार गरेको छ ।
विशेष सुचनाको आधारमा रुकुमवाट छुटेको ना ३ ख ५५१८ नम्वरको वसवाट उनिहरुको उद्धार गरिएको जिल्ला वाल कल्याण समितिका वाल अधिकार अधिकृत मानविर ओलीले जानकारी दिए । वालकहरुलाई पोखरा लैजादै गरेका हुकामका फर्क वहादुर झाक्रिलाई प्रहरीले पक्रेको छ । उनले अभिभावकहरुको सहमतिमै वालकहरुलाई लैजान लागेको बयान दिएको जिल्ला वाल कल्याण समितिले जनाएको छ ।
पढाउँनको लागी नभई कामदरको रुपमा वालकहरुलाई लगिन लागिएको हुन सक्ने आशंका गरिएको छ । घटनाको वारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए । उनका अुसार वालवालिका ओसार पसारमा उनीसंगै अरुको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धान भैरहेको छ । उद्धार गरिएका वालकहरुलाई जिल्ला वाल कल्याण समितिका बाल अधिकार अधिकृत मानबिर ओलीको संरक्षणमा राखिएको छ ।

0 comments:
Post a Comment