आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, December 12, 2014

गाउँमै आएर सेवा दिने अस्पताल

गोपाल रेग्मी
चौरजहारी

जिल्लाको चौरजहारीमा रहेको चौरजहारी अस्पतालले समय समयमा गाउँगाउँमा पुगेर समेत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अस्पतालले जिल्लाका बिभिन्न ठाउँमा शिबिर सञ्चालन गरि यसरी सेवा प्रदान गरिरहेको हो । यसै सन्दर्भमा साता अघि  जिल्लाको विजयश्वरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल रुकुमको आयोजनामा शिविर सम्पन्न भएको हो । 
गाविसको वडा नम्बर ९ मा रहेको मालिका प्राथामिक विद्यालय अम्लाटाकुराको प्राङगनमा शिबिर संचालन गरि २ सय ७ महिला र १ सय ५० पुरुष गरी जम्मा ३ सय ५७ जनाको स्वास्थ्य परिक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको बताईएको छ । गाबिसको अति दुर्गम वडाको रुपमा चिनिने अम्लाटाकुरामा पहिलो पटक शिविरको आयोजना गरिएपछि स्थानीयहरु खुसि समेत भएका थिए । 
शिविरमा सहभागी भएका अधिकांस विरामीहरुमा नाक, कान, घाँटी, रुघाखोकी, दम र ग्यास्टीक लगायतका समस्याहरु बढी देखिएको शिबिरमा पुगेका डा.अभिजित मिश्रले जानकारी दिए ।  त्यसैगरी शिविरको अवसरमा स्वास्थ्य सरसफाई, पोषण र अपांगता सम्वन्धी सचेतना समेत प्रदान गरिएको थियो । अस्पतालका प्रशासक डिल वहादुर गिरीको नेतृत्वमा २५ जना स्वास्थ्यकर्मीको टोली शिविरमा खटेको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |