शेर प्रसाद ढकाल
चौरजहारी
खाद्य अधिकार तथा संरक्षणका लागि सवै सचेत भएमा मात्र खाद्य संकट न्युनिकरण गर्न सकिने जिल्लाको चौरजहारीमा आयोजित कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । कृषि क्षेत्रमा आधुनिकीकरणको समस्या रहेको भन्दै कृषि पेशालाई सम्मान गर्न सकेमा मात्र खाद्य सुरक्षाको प्रत्याभूति हुने स्थानीय जेबि भण्डारीले बताए ।
खाद्य अधिकार संजाल रुकुम र दलित सेवा संघ रुकुमको आयोजना तथा युनाईटेड मिसन टु रुकुम कलष्टरको सहयोगमा आयोजिक खाद्य अधिकार विषयक गाविस स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले कृषि क्षेत्रमा युवा जागरणको खाँचो औल्याएका हुन । प्रयाप्त पानी नपरेका कारण यस वर्ष चौरजहारीमा धान उत्पादनमा करिव ९० प्रतिशतले गिरावट आएको कार्यक्रममा सहभागि कृषकहरुको भनाई छ । चौरजहारीमा खाद्य उत्पादन क्षेत्र संरक्षण हुनेगरी व्यवस्थित शहरी विकासको योजना अगाडि बढाउनुपर्ने, अन्नको सदुपयोग, सिंचाई आदिको उचित व्यवस्था हुने पर्ने आबश्यकता रहेको विजयश्वरी गाविस सचिव यादव पराजुलीले बताए ।

0 comments:
Post a Comment