रुकुम
समशितोष्ण तरकारी बिउ उत्पादन केन्द्र चाँपा रुकुममा बिभिन्न जातका गरि करिब साठे सात लाख रुपैयाँ बरावरको बिउ कार्यालयमै थन्किएको छ । असार मसान्त सम्म बिक्रि भईसक्नुपर्ने १२ सय ५४ किलो बिउ बिक्रि नभएर कार्यालयमा थन्किएको हो ।
केन्द्रमा सबै प्रकारका बिउ गरि २३ मेट्रिकटन बिउ उत्पादन भएको थियो । अहिले उत्पादनक केन्द्रमा मुला ८ सय किलो, केराउ २ सय केजी, केराउ सिप्तापुरे १ सय केजी, धनियाँ २५ केजी, स्क्वास जुकेसी १९ केजी, रामतोरिया ५५ केजी र काउली ५५ केजी बिउ बिक्रि नभएर थन्किएको कार्यालयले बताएको छ । बजारमा पाईने बिउ भन्दा उत्पादन केन्द्रमा महंगो र गुणस्तर हुने भएपनि कृषकहरुले बजारबाटै सस्तो बिउ लिने गरेका कारण बिउ थन्किएको बागबानी विकास अधिकृत भक्तिराम शर्माले जानकारी दिए ।
‘एकातर्फ कृषकहरुले सस्तोको नाममा बजार लायतका बिभिन्न ठाउँबाट गुणस्तरहिन बिउ प्रयोग गरिराखेका छन, अर्को तर्फ केन्द्रमा उत्पादन भएको गुणस्तरीय बिउ त्यसै थन्किएको छ । गुणस्तरीय बिउ बिक्रिका लागि कृषकहरुसम्म जानकारी र जनचेतना जगाउने काम कसको हो भन्ने आहा सञ्चार साप्ताहिकको प्रश्नमा अधिकृत शर्माले आफुहरुले सक्दो प्रयास गरिरहेको बताउदै आगामी बर्षहरुमा अझै चनाखो भएर जाने प्रतिक्रिया दिए । ‘कहिलेकाँहि यसरी बिउ बिक्रि नहुने समस्या आउँछ’ अधिकृत शर्माले भने, ‘उत्पादन भएकै बर्षमा बिउ बिक्रि नभएपनि केहि फरक पर्दैन हामी २/३ बर्ष उमारशक्ति कमजोर नहुने गरि राख्ने ब्यबस्था मिलाएका छौं ।’
0 comments:
Post a Comment