आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, November 4, 2014

‘भैलो खेलेर भोज खाने धेरै’

मनिष खड्का
रुकुम

यसपालिको तिहारको समयमा खेलिएको देउसी भैलोवाट उठेको रकम रुकुम जिल्लामा अनुत्पादक क्षेत्रमा वढि खर्च भैरहेको पाईएको छ । विद्यालय, युवाक्लव, वालक्लव तथा विभिन्न साँस्कृतिक समुहले भैलो खेली संकलन गरेको रकम विद्यालय तथा सामाजिक विकासमा लगानी गर्ने वताएपनि खुला समुहमा खेलिएको भैलोबाट संकलन गरिएको रकम वनभोज/भतेर तथा रमाइलो नाचगानमा खर्च हुने गरेको पाईएको हो । रुकुममा अघिल्ला वर्षको तुलनामा यस वर्ष देउसी भैलोवाट वढी मात्रामा रकम संकलन भएको अनुमान गरिएको छ ।
विद्यालय तथा सामाजिक सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागी भन्दै खेलिएका भैलिवाट संकलन भएको रकम संवन्धित क्षेत्रमा खर्च हुन सकेको छैन्  । जिल्लाका विभिन्न स्थानका विद्यालयहरुले भैलोबाट लाखौँ रकम संकलन गरेका छन् । संकलन गरेको रकम विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा खर्च गर्ने निर्णय गरेका छन् । त्यस्तै विभिन्न क्लवहरुले पनि बाक्लै रकम संकलन गरेको पाईएको छ ।

जुन रकम सामाजिक विकास र क्लवको विकासका निम्ति खर्च गर्ने निर्णयहरु भएका छन् । तर खुला समुहमा खेलिएको भैलोबाट पनि भारी रकम उठेको अनुमान गरिएको छ भने त्यो रकम कहाँ र कसरी खर्च भैरहेको छ भन्ने तथ्यांक कसैसंग छैन् ।
भैलोको नाममा संकलन गरेको लाखौँ रकम उनुत्पादक क्षेत्रमा खर्च भैरहदा भैलो प्रति आम सर्वसाधारणको विश्वास वर्षैपिच्छे क्रमिक रुपमा घटिरहेको छ । त्यस्तै पछिल्लो समय धेरै रकम संकलन गर्ने उद्ेश्यले तिहारमा खेलिने देउसी भैलोमा दक्षिणा स्वरुप धेरै रकम दिने र भड्किलो हुने गरेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |