शेर प्रसाद ढकाल
चौरजहारी
एकीकृत नेकपा माओवादी रुकुमका अध्यक्ष गोपाल शर्मा अनलले उत्पीडनमा परेकाहरुको जागरणले नै अव आफ्नो पाटी शक्तिशाली पाटीका रुपमा स्थापित हुने बताएका छन । सत्ता साझेदार दलहरु विच २०४७ सालकै संविधान जारी गर्ने कसरत भएको भन्दै यदि त्यसो गरिए जनयुद्ध र जनआन्दोलन मार्फत रगत र पसिना बगाएका जनता चुप लागेर नवस्ने उनको भनाई रहेको छ ।

केहि दिन अघि विजयश्वरीको चौरजहारीमा कार्यकर्ता भेटघाटका क्रममा नेता अनलले देशमा संविधान सभाको चुनाव तिन पटक हुन नसक्ने भन्दै अवको समय दलहरु विच धु्र्रवीकरण र आन्तरिक रुपमा पाटी सुदृढीकरण हुने अवस्था रहेको उल्लेख गरे । आधारभूत योजनाविना शुरुवात गरिएको काम अलपत्र पर्ने भन्दै पाटीलाई जीवन्त बनाउनका लागि व्यवस्थित योजना बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यकर्ताहरुको मास्टर प्लान उपभोक्ता समितिमा प्रतिनिधित्व गर्ने नभई गाउँको समग्र विकासमा केन्द्रीत हुन आवश्यक रहेको उनको भनाई रहेको थियो । गाउँ समिति अध्यक्ष मोती प्रसाद पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य विशाल शर्मा, जिल्ला समिति सदस्य वालाराम केसी प्रभाकर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँ समिति सचिव सुदास स्वर्णकारले गरेको बताईएको छ ।
0 comments:
Post a Comment