आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, November 10, 2014

आमा मार्नेलाई थुनामा, श्रीमति मार्नेलाई जन्मकैद

मेगराज खड्का
रुकुम

आफ्नै आमालाई कर्तब्य गरि मारेको अभियोगमा रुकुम महत १ बस्ने धन बहादुर भन्ने प्रमोसन बुढालाई रुकुम जिल्ला अदालतले सोमबार पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको छ ।
गाउमा झगडा परि हराई दिएको अरुको सुन बापतको  १५ हजार रुपैयाँ सापटी खोजि देउ भन्दा आमा सम्पुरा बुढाले नखोजी दिए पछि रिस उठी नजिकै रहेको दाउराले आमाको टाउकोम हिर्काउदा आमाको मृत्यु भएपछि प्रहरीले प्रमोसन बुढालाई पक्राउ गरि जिल्ला सरकारी वकिल मार्फत कारबार्हि प्रकृया अगाडि बढाईएको थियो । त्यस पश्चात रुकुम जिल्ला अदालतमा मुद्धा दायर गरेकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले यस्तो आदेश गरेको अदालतका श्रेस्तेदार लोक बहादुर हमालले जानकारी दिए ।
त्यस्तै जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले गत भाद्र ९ गते तीजमा माइती जान हिडेकि आफ्नै श्रीमती बिमला वलीलाई हत्या गरेको फैसला समेत गरेको छ । रुकुम गराईला गाबिस वडा ४ घर भएका वलीले बडा नं. ५ को मौराखरा जङगलमा कर्तब्य गरि मारेको अभियोगमा मृतकका लोग्ने प्रजित वलीलाई सर्बश्व सहित जन्मकैदको सजाय सुनाएको पनि श्रेस्तेदार हमालले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |