आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, November 3, 2014

मुसिकोट बैठकबाट जिबिसको बजेट संशोधन

मेगराज खड्का
रुकुम

जिल्ला विकास समिति रुकुमको आर्थिक बर्ष ७१/७२ को पहिलो बैठक रुकुमको ऐतिहासिक पर्यटकीय स्थल जिल्लाको मुसिकोट डाँडामा बसेको छ । पर्यटकीय स्थलको प्रचारप्रसार होस भनेर कार्यालयको पहिलो बैठक कार्यालय बाहिर मुसिकोट डाँडामा आयोजना गरिएको हो । जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको बैठकले जिल्ला परिषदबाट पारित बजेटलाई पुन संशोधन गरि बजेट बिनियोजन गरेको छ । 
केन्द्रबाट पहिलो पटक आएको अख्तियारी भन्दा पछिल्लो पटकको अख्तियारी घटेर आएपछि पुन बिभिन्न क्षेत्र र योजनाका लागि बजेट बाँडफाँट गरिएको हो । जिल्लाबाट करिब ८७ लाख बरावरका कार्यक्रम तयार पारिएको भएपनि पछिल्लो पटक बजेट घटेर करिब ३९ लाखमा आएपछि सर्बदलिय बैठक बसेर योजना तथा बजेटहरु संसोधन गरिएको रुकुमका स्थानीय बिकास अधिकारी भरत कुमार शर्माले जानकारी दिए । यस सम्बन्धी बिस्तृत समाचार तथा कुन कुन योजना र कार्यक्रमका लागि कति कति बजेट पारित भयो भोली (मंगलबार) रुकुमबाट प्रकाशित हुने आहा सञ्चार साप्ताहिकमा प्रकाशित गरिने छ । कृपाय पत्रिका पढेर बिस्तृत जानकारी लिन सबैमा जानकारी गराउदछौं ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |