आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, October 9, 2014

डिग्रे जाने बाटो बिग्रे कसलाई चासो

आहा सञ्चार संबाददाता
खलंगा

जिल्लाको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा जाने दैनिक दर्जन बढी दर्शनयात्रीहरु हुने गरेको भएपनि मन्दिर सम्म जाने बाटो मर्मत नहुँदा उनीहरुले सास्ती भोग्नुपरेको छ । गाबिसको वडा नम्बर ४ मा रहेको उक्त मन्दिर सम्म सडक पुगेको भएपनि हाल यातायात संचालनमा छैन भने पैदल यात्राका लागि समेत सहज छैन । मन्दिर देखि २ सय मिटर अगाडि रहेको सडकमा पहिरो खसेपछि मन्दिर सम्म पुग्न सर्बसाधरणहरुले जोखिम मालेर जानु पर्ने बाध्यता रहेको छ । 
पहिरो खसेको ठाउँमा ठुल्ठुला ढुङगाहरु खसेर हिडडुलमा अबरोध गरेको छ भने अन्य ठाउँको बाटोहरु पनि अफ्ठेरो अबस्थामा रहेको मन्दिर दर्शनका लागि त्यहाँ  पुगेका धन बहादुर मुल्लले बताए । बर्षात सकिए पनि सम्बन्धीत निकायहरुले यातायात संचालनको त परको कुरा पैदल बाटो समेत मर्मत नगर्दा तिर्थयात्रीहरु दुःख बेहोर्नु परेको छ । तत्काल सम्बन्धीत निकायहरुले यस बिषयमा चासो लिई मर्मत नगरे आगामी लिनहरुमा मन्दिरमा पुग्ने आन्तरिक तथा बाह्य तिर्थयात्रीहरु घट्न सक्ने संभाबना देखिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |