
रुकुम
नेपालीहरुको महानचाड दशैतिहार अबधीमा रुकुममा भित्रिने रेमिट्यान्सको दर बढेको छ । अन्य समयमा भन्दा अहिले भित्रिने रेमिट्यान्समा तेब्बर बृद्धि भएको बैंक तथा रेमिट्यान्स संचालकहरुले बताएका छन । कामको सिलसिलामा छिमेकी देश भारत र तेस्रो मुलुकका बिभिन्न देशमा गएका रुकुमेलीले मनिट्रान्सफर मार्फत घरमा दशैतिहार खर्च तथा आफ्नो कमाई पठाउने गरेका छन ।
अन्य समयमा दैनिक लाखको रेमिट्यान्स भित्रिने गरेकोमा अहिले करोडौ बढी रकम आउने गरेको छ । रोजगारीमा गएकाहरुले पठाएको रकम लिनलाई सदरमुकाम स्थित बिभिन्न रेमिट्यान्स एजेन्ट तथा बैक कार्यालयहरुमा आफन्तहरु आउने गरेका छन । जिल्लाका स्थानिय स्तरहरुमा पैसा पठाउने तथा पाउने सुबिधा नभएका कारण सेबाग्राहिहरु सदरमुकाममा आउने गरेका हुन ।
जसका कारण जिल्ला सदरमुकाम मुसिकोट खलंगाका रेमिट्यान्स संस्थाहरु सेवाग्राहिहरुको भिडभाड समेत हुने गरेको छ । अहिले जिल्लामा आधा दर्जन बढी मनिट्रान्सफरमा काम गर्ने एजेन्टहरु छन भने त्यतिको संख्यामा बैंक तथा सहकारी समेत रहेका छन । जसमा ग्लोबल आईएमई, यति डेभलभमेन्ट बैंक, प्रभु मनि मनिट्रान्सफर, सिभिल बैंक, नेपाल बैंक लिमिटेड र कृषि बिकास बैंक लगायतका मनिट्रान्सफरहरु रहेका छन । जिल्लामा संचालित बिभिन्न बैंक तथा रेमिट्यान्स सेवा प्रदान गर्दै आएका केन्द्रहरुबाट अन्य समयमा बढीमा दैनिक ५० लाख रुपैयाँ आउने गरेकोमा आजभोली दशैतिहारको समयमा यो दर बढेर डेड करोडको हाराहारीमा भित्रिने गरेको मनि ट्रान्सफरका सञ्चालक बताउछन् ।
अन्य समयमा दैनिक १५ देखि २० लाख रुपैयाँ सम्म भित्रिनेमा हाल चाडपर्बका कारण बढेर ५० देखि ७५ लाखसम्म रेमिट्यान्स भित्रिने गरेको यति डेभलपमेन्ट बैैक शाखा कार्यालय रुकुमका प्रबन्धक इश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कतार, साउदी, मलेसिया लगायतका देशहरुबाट बढी रकम भित्रिरहेको छ ।
त्यस्तै जिल्लामा रहको ग्लोबल आईएमई बैंक मार्फत पनि दैनिक लाखौ रकम रेमिट्यान्स मार्फत भित्रिने गरेको छ । ‘चाडपर्बले रेमिट्यान्स बढाएको छ’ प्रबन्धक नगेन्द्र कोईरालाले भने, ‘तर पछिल्लो समय हाम्रो बैंक भन्दा एजेन्टहरु मार्फत बढी रेमिट्यान्स भित्रिने गरेको छ ।’
0 comments:
Post a Comment