
चौरजहारी
जिल्लाको चौरजहारी बिमानस्थल कालोपत्रे गर्नका लागि सात महिनादेखि बन्द रहेको छ । मंसिर मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी बिमानस्थलमा हुने सबै उडान र अवतरण रोकिएको नागरिक उडड्यन कार्यालयले जनाएको छ ।
यहि साउन २७ गते काम सम्पन्न गर्ने संझौता गरिएको भएता पनि प्राविधिक समस्याले गर्दा मंसिर सम्म निर्माण कार्य सम्पन्न हुने साईड ईन्जिनियर मनिगोविन्द श्रेष्ठले जानकारी दिए । कच्ची बिमानस्थलमा जहाज अवतरणमा समस्या भएको भन्दै बैशाख महिनाबाट कालोपत्रे गर्न थालिएको हो । कालोपत्रेको आधाभन्दा बढि काम सम्पन्न भैसकेको कार्यालयले जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहल काठमाडौं र तुन्दी गाल्चा जेभी सानेपा ललितपुर निर्माण व्यवसायी विचको ठेक्का संझौतामा धावनमार्ग एप्रोन र टेक्सी वे स्तरोन्नती कार्य सञ्चालन भैरहेको हो ।
यस बिमानस्थल स्तरोन्नतीका लागि करिब ५ करोड ६० लाख रुपैयाँ खर्च हुने निर्माण व्यवसायीले जानकारी दिएका छन । बिमानस्थललाई फराकिलो पारी कालोपत्रे गर्न लागिएकाले कालोपत्रे भएपछि विमानहरुलाई उडान भर्न र अवतरण गर्न सजिलो हुनेछ । यसअघि विमानस्थल कच्ची भएकाले बिमान अबतरणमा पटक पटक समस्या हुने गरेको थियो । त्यस्तै बिमानस्थल कालोपत्रे नहुँदा जिल्लामा निजी बिमानहरुले उडान भर्न गाह्रो मान्ने गरेका थिए । जिल्लाको अर्को सल्ले बिमानस्थल कालोपत्रे गरी साउन महिनादेखि नियमित उडान सुरु भैसकेको छ । हाल हप्तामा चार दिन नेपालगंज र काठमाण्डौका लागि उडान भर्ने गरेको छ । चाडपर्बका कारण हवाई यात्रुहरुको चाप समेत रहेको बताईएको छ ।
0 comments:
Post a Comment