आहा सञ्चार संबाददाता
रुकुम
जिल्लाको खोलागाउँ गाबिसमा २०६८ सालदेखि स्थापना भएको सामुदायिक अध्ययन केन्द्र अहिले सम्म पनि अत्तोपत्तो छैन । गाबिस भित्र अनौपचारिक कक्षा अनुगमन गर्ने, महिला समुह गठन गर्ने, बिद्यालयलाई रेखदेख गर्ने उदेश्य भएको केन्द्र अहिलेसम्म पनि अत्तोपत्तो नहुँदा काम प्रभाबकारी हुन सकेका छैनन् ।
गाबिसका राजनैतिक दलका प्रतिनिधिहरु मिलेर बनेको समितिमा बार्षिक ५० हजार बजेट आउने गरेको बताईएको छ । दुई बर्ष सम्म पनि दर्ता नभएको केन्द्र २ बर्ष पछि मात्र शिक्षा कार्यालय दर्ता भएको हो । पहिले स्रोत भवनमा कार्यालय रहेको बताईएपनि बिचमा कार्यालय अज्ञात ब्यक्तिद्धारा तोडफोड भएपछि यस्तो अस्तब्यस्तता भएको हो । अहिले कार्यालय नभएपनि आफ्नो उदेश्य अनुसारका कामहरु गरिरहेको र तिहार पछि राम्रो संग कार्यालय ब्यबस्थापन गर्ने स्रोत ब्यक्ति अतिराम ओलीले दाबी गरे । बजेट पारदर्शी नभएको सर्बसाधरणहरुले गुणसो गरिरहेको बेला कार्यालय ब्यबस्थीत नहुँदा केहि आशंका रहेको भएपनि बजेट भने पारदर्शी नै रहेको बताए । यता सामाजिक परिचालक मुना ओलीले भने कार्यालय कहाँ राख्ने भन्ने बिबाद रहेको भएपनि कार्यालय भने हाल संचालनमा नै रहेको बताईन ।
उनका अनुसार दुई पटक सम्म कार्यालय तोडफोड भएर कार्यालयको समान समेत चोरी भएको छ । यसको बारेमा प्रहरीमा रिपोर्ट गर्दा पनि पत्ता लाउन नसकेको उनको दुखेको छ । कसले चोरेको भन्ने प्रश्नमा उनले नाम बताउन भने चाहिनन् । यता सर्बसाधरणहरुले भने यसको बजेट कहाँ छ र काम ग¥यो भन्ने केहि थाहा नभएको स्थानीय लक्ष्मण ओलीले बताए ।

0 comments:
Post a Comment