आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 15, 2014

रुकुम सदरमुकाममा भेटियो बम

आहा सञ्चार संबाददाता
असोज २९ रुकुम


रुकुमको मुसिकोट खलंगामा बेवारिसे सकेट बम फेला परेको छ । सदरमुकाम खलंगा स्थित क्याम्पस रोडमा स्थानिय तिलक बहादुर बिकको जग्गामा घर निर्माणको लागी घडेरी खन्ने क्रममा उक्त बम फेला परेको प्रहरीले जानकारी दिएको छ । बम फेला परेपछि स्थानियबासीहरुले प्रहरीलाई खवर गरेका थिए । सो वेवारिसे बमलाई नेपाली सेनाको  रुकुम सल्ले स्थित देवीदल  गणको बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले डिस्पोजल गरेको बताईएको छ ।
 बम कसले गाडेको हो भन्ने बारेमा आधिकारीक पुष्ठी नभएपनि बिगत द्धन्द्धको सममा सुरक्षा निकायले नै गाडेको हुन सक्ने अनुमान गरिएको छ । बम भेटिएको ठाउ जिल्ला प्रहरी कार्यालयले द्धन्द्धको समयमा तारवार गरेको थियो ।  देश लाइ माइन मुक्त देश घोषणा गरिएपनि रुकुममा बेला बेला बम भेटिने क्रम रोकिएको छैन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |