आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, September 11, 2014

बजार अनिश्चितकालका लागि बन्द घोषणा

गोपाल रेग्मी
रुकुम २६ भदौ

प्रहरीले चौरजहारी यातायातका पदाधिकारी तथा युवाहरुलाई पक्राउ गरेको भन्दै चौरजहारी यातायात निकट समुहले चौरजहारी वजार अनिश्चित कालका लागी वन्द गर्ने घोषणा गरेको छ ।
समुहका संयोजक तथा यातायात समितिका सदस्य शेर वहादुर वुढाथोकीको हस्ताक्षर रहेको बिज्ञप्तीमा प्रहरीले निशर्त रिहा नगरेसम्म चौरजहारी वजार,शिक्षण संस्था ,सरकारी तथा गैरसरकारी कार्यालय र यातायात पुर्ण रुपमा संचालन गर्न नदिने उल्लेख गरिएको छ । चौरजहारी यातायात संग आबद्ध युवाहरुले चौरजहारी बजारमा स्थानीय प्रहरी प्रशासनको बिपक्षमा नारा लगाउदै परिक्रमा गरेका छन । बस संचालनका बिषयमा सहमति नहुँदा चौरजहारी क्षेत्रमा अझै दुई पक्षिय युवा बिच झडप हुने संभावना देखिएको छ ।
बस संचालनका बिषयमा बिबाद हुँदा जिल्लाको चौरजहारीमा रहेको चौरजहारी यातायात प्राईभेट लिमिटेडका युवाहरुले सिस्ने हिमाल यातायात समितिका वसमा तोडफोड गर्दा प्रहरीले उनीहरुका १५ जनालाई पक्राउ गरेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |