मनिष खड्का
रुकुम
जिल्लामा एमाओबादी निकट जनवर्गिय संगठन नेपाल उद्योग व्यापार महासंघको तदर्थ समिति गठन गरिएको छ । सदरमुकाम खलंगामा सम्पन्न जिल्लाभरका उद्योगी व्यापारीहरुको भेलाले धनविर ओलीको संयोजकत्वमा २२ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
रुकुम
जिल्लामा एमाओबादी निकट जनवर्गिय संगठन नेपाल उद्योग व्यापार महासंघको तदर्थ समिति गठन गरिएको छ । सदरमुकाम खलंगामा सम्पन्न जिल्लाभरका उद्योगी व्यापारीहरुको भेलाले धनविर ओलीको संयोजकत्वमा २२ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समितिको सदस्यमा खलंगा वजारबाट दलवहादुर खड्का, प्रविर डाँगी, वसन्त खड्का, रविलाल नेपाली, सोलावाङ्ग वजारबाट धन वहादुर ओली, सिम्रुतु वजारबाट तुल्सीराम वुढाथोकी, झुल्नेटा वजारबाट टेक वहादुर ओली, सिम्ली गरायलाबाट विर्ख वहादुर विष्ट, आठविसकोटबाट प्रेम पुन, प्वाङ्ग पोखराबाट गोपिराम खड्का रहेका छन । त्यस्तै चौरजहारीबाट हिमाल शर्मा, रुकुमकोटबाट सुन्दर थापा, नुवाकोट खोलागाउँबाट झुपलाल खड्का, घेत्मा पुर्तिमकाँडाबाट मान वहादुर पुन, तकसेरा, काँक्री र महतबाट कमल पुन, अर्माबाट अगविर डाँगी, गाराघाट छिन्खेत वाँफिकोटबाट जोख वहादुर विक र छिवाङ्गबाट कर्ण वहादुर रोकालाई पनि सदस्यमा चयन गरिएको छ । त्यसैगरी भेलाले यातायातबाट सरोज देवकोटा, उद्योगबाट रुपलाल विष्ट र खलंगा वजार कमिटीबाट कमानसिंह ओली पनि नेपाल उद्योग व्यापार महासंघको सदस्यमा चयन भएका छन । वाँकी सदस्यमा विभिन्न वजार समितिका संयोजकहरुलाई समेटिने जिल्ला सदस्य वसन्त खड्काले जानकारी दिए ।
सदस्य खड्काका अनुसार नवगठित समितिले आगामी उद्योग वाणिज्य संघको अधिवेशनलाई मध्यनजर गर्दै संगठनको सक्रियतामा सुभचिन्तक व्यापारी सदस्यहरुको नविकरण गराउन पहल गर्ने र सवै व्यापारिक क्षेत्रमा असोज १० गतेभित्र संगठन विस्तार गर्ने निर्णय गरेको छ । नेपाल उद्योग व्यापार महासंघको विभिन्न इकाई तथा वजार समितिहरु गठन भइसकेपछि आउंदो मंसीर महिनाभित्र जिल्ला सम्मेलन गर्ने महासंघले वताएको छ । भेलामा एकीकृत नेकपा माओवादी रुकुमका अध्यक्ष गोपाल शर्मा अनलले वर्तमान अवस्थामा, उद्योगी व्यवसायीहरुको भुमिका, राजनैतिक परिस्थिति, पार्टीको कार्ययोजना लगायतका विषयमा प्रशिक्षण समेत दिएको बताईएको छ ।
0 comments:
Post a Comment