गोपाल रेग्मी
चौरजहारी
रुकुमको चौरजहारीमा रहेको चौरजहारी यातायात प्राईभेट लिमिटेडका युवाहरुले सिस्ने हिमाल यातायात समितिका वसमा तोडफोड गरेका छन । बस संचालनमा बिषयमा केहि दिनदेखि दुई पक्षिय युवाहरुबिच झडप समेत भैरहेको चौरजहारीमा बिहिबार सिस्ने हिमाल यातायात समितिका ४ वटा वसहरु तोडफोड गरिएको हो ।
सल्यानको कालागाउँ गाविस वडा नं ५ कोर्ति स्थित घाटाचौरमा पाकीङ्गं गरेका वसमा चौरजहारी यातायात संबद्ध युवाहरुले बस तोडफोड गरेको बताईएको छ । तोडफोडमा संलग्न रहेका १५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक शिबराज केसीका अनुसार चौरजहारी यातायातका अध्यक्ष जितेन्द्र वुढाथोकी, महासचिव तेज वहादुर विष्ट र कार्यालय प्रमुख डिल्ली भण्डारी लगाएतको समुहलाई नियन्त्रणमा लिईएको छ ।

तोडफोडका कारण ४ वटा वस पुर्ण रुपमा क्षति ग्रस्त भएको सिस्ने हिमाल यातायात वस व्यवसाय समितिले वताएको छ । साथै चौरजहारी यातायातका युवाहरुको ढुंगा प्रहार वाट झडप नियन्त्रण गर्न गएका प्रहरी जवान कृष्ण नेपाली घाईते भएका छन । यस अघि चौरजहारी तथा त्यस आसपासमा सिस्ने हिमाल यातायातका वसहरु संचालनमा रहेपनि हाल चौरजहारी यातायात दर्ता गरेर आफ्नो क्षेत्रमा आफ्ना वसहरु मात्र संचालन गर्नुपर्ने दाबी चौरजहारी यातायातले गर्दै आएको छ ।
0 comments:
Post a Comment