गोपाल रेग्मी
रुकुम
बर्षायाम सुरु भए संगै बन्द भएको जिल्लाको चौरजहारी हुंदै सल्यानको सल्लीवजार जोडने सडक यातायात सेवा सुचारु भएको छ । चौरजहारी सल्लीवजार सडक खण्ड अन्तरगत वाढी र पहिरोले विभिन्न ठाउँमा अबरुद्ध वनाएको सडक मर्मत कार्य सम्पन्न गरेपछि सुचारु भएको हो ।
वर्षातका कारण २ महिना अघि देखि बन्द भएको सडक चौरजहारी यातायात प्राईभेट कम्पनि लिमिटेडको समन्वय र मध्यपश्चिम डिभिजन सडक कार्यालय घोराही दाङको प्राविधिक सहयोगमा १ साता अघि देखि मर्मत कार्य सुरु गरीएको थियो । विगतका वर्षहरुमा दशैतिहारमा मर्मत गरिने सडक यो बर्ष भदौको तेस्रो सातामा यातायात सेवा संचालनमा आएपछि सर्वसाधारण तथा व्यापार व्यावसायी खुसि भएका छन ।
३४ किलोमिटरको दुरीमा रहेको सल्लीवजार चौरजहारी सडक खण्डमा सिस्ने हिमाल वस तथा मिनीवस व्यवसायी समिति र भेरी राप्ती वस व्यवसायी समितिका वस संचालनमा रहेका छन ।

3:34:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment