
रुकुम
१३ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुमका एक युवक थुनामा परेका छन । गाउँकै बालिकालाई जबरजस्ती करणी गरी अबैध गर्भधारण गराएको अभियोगमा जिल्लाको गरायला ४, बस्ने बर्ष ३५ का भिमे ओली थुनामा परेका हुन ।
रुकुम जिल्ला अदालतले उनकालाई मुद्धा पुर्पक्षेका लागी थुनामा पठाएको हो । बिहिबार अभियोगपत्र अदालतमा दायर भएपछि जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले अभियुक्तलाई थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार लोक बहादुर हमालले जानकारी दिए । ओलीले पहिलो पटक यहि बैशाख २८ गते र त्यसपछि पनि पटकपटक बालिकालाई जबरजस्ती करणी गरि कसैलाई भनेमा ज्यान् मार्ने धम्कि दिएर तत्काल पत्ता नलागेपनि बालिका गर्भबती नै भएपछि परिबारका सदस्यले थाह पाई घटना सार्बजानिक भएको बताईएको छ ।
बालबालिकाको गोपनियता कायम गर्ने उदेस्यले रुकुम जिल्ला अदालतको बन्द ईजलासमा बिहिबार सुनुवाई भएको र यस मुद्धा निरन्तर सुनुवाई गर्नु पर्ने प्रकृतिको भएकाले अर्को सुनुवाई आगामी असोज २ गते ईजलास बाटै तोकिएको जानकारी पनि श्रेस्तेदार हमालले जानकारि गराए । अदालतका अनुसार ४ ओटा बिबाह गरि सकेका अभियुक्त ओलीका साथमा हाल १ श्रीमती र २ छोरी र एक छोरा रहेका छन भने पिडित बालिकाका बाबु घर बाहिर रहेको बताईएको छ ।
0 comments:
Post a Comment