अर्जुन खत्री
पिपल, रुकुम
जिल्लाको पीपल गाविसको पुमाखोला लघु जलविद्युत आयोजनाको निर्माण कार्य थालिएको छ । रुकुम उज्यालो कार्यक्रम अन्तरगत पूमाखोला लघु जलविद्युत आयोजनाको निर्माण कार्य थालिएको हो । गाबिसको वडानम्वर ४ स्थित मुरापाटामा पावर हाउस रहने आयोजनाबाट झण्डै १ सय किलो वाट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । आगामी २ वर्षभित्र बत्ति बाल्ने गरी निर्माणको काम थालिएको आयोजनामा करिब नौ करोड खर्च हुने अनुमान गरिएको निर्माण समितिले जनाएको छ ।
नेपाल सरकार रुकुम उज्यालो कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भैरहेको आयोजनाको सहजिकरण वेस नेपालले गरिरहेको छ । हाल नहर निर्माणको काम भैरहेको निर्माण समितिका सचिव दरिभान पौडेलले जानकारी दिए । आयोजनाको निर्माण पछि पीपल गाविसका वडा नम्वर ३ का गोपिगौंडा र बस्नेतटोल वडा नम्वर ४ का पाखापानी, बलाहान्न र मुखियाडेरा वडानम्वर नम्बर ५ का दयाडाँडा, दब्लाङ, हपल्नाखर्क, माटाकुरा, लालचनपाखा र मेलपोखरा वडाम्वर ६ का हापुडेरा, बाँजापाटा र दुबेरीमा बत्ति बल्नेछ ।
यस्तै गरी वडानम्वर नम्वर ७ का जामुनाकाट्टे, बहुलेखोला, माछामार्ना, तल्लोमाथिल्लो माथिलामाचौर, छिपछीपी, रुनेपानी, दोबाटापाखा, पुरानागाउँ, मुसेचौर, रुखाबाङ, काँडा, पैयाँगैरी, मेलपौखरा, मेलगैरी, लोतगैरा र स्वाँरा गरी ५ वटा वडाका ३० टोलका ८ सय ५० घरधुरी प्रत्यक्ष लाभाम्वित हुने निर्माण समितिले बताएको छ ।

0 comments:
Post a Comment