आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 2, 2014

रुकुमेली समाजको सामाजिक परिक्षण सम्पन्न

आहा सञ्चार
रुकुम


रुकुमेली समाज बिकास केन्द्र रुकुमले आर्थिक बर्ष २०७०/७१ मा सञ्चालित बिभिन्न कार्यक्रमहरुको सामाजिक परिक्षण गरेको छ । आईतबार सदरमुकाम मुसिकोट खलंगा स्थित कर्मचारी मिलन केन्द्रमा एक कार्यक्रमको आयोजना गरि सार्बजनिक  परिक्षण गरेको हो ।

कार्यक्रममा संस्थागत जानकारी गराउदै यस आर्थिक बर्षमा सञ्चालित जीबिको पार्जन तथा पोषण    परियोजना, बिपन्न समुदायका लागि आयआर्जन कार्यक्रम, बहुसरोकारवाला बन कार्यक्रम र बाल केन्द्रित बिपद् जोखिम न्यूनीकरण परियोजना अन्तरगतका बिभिन्न कार्यक्रमका बिभिन्न गतिबिधीहरुबारे जानकारी गराईएको हो । जस अन्तरगत यस कार्यक्रम लागु भएको गाबिस, कार्यक्रमको खर्च बजेट, उपलब्धी र भोगेका चुनौतीहरु समेत प्रस्तुत गरिएको थियो । माथी उल्लेखित बिभिन्न कार्यक्रम मार्फत प्रशासनिक र कार्यक्रम खर्च तर्फ गरि १ करोड ६५ लाख ३४ हजार ९ सय ५ रुपैयाँ रहेको छ भने कार्यक्रम सहजीकरण तर्फ गरि जम्म २ करोड ९३ लाख ४४ हजार १ सय ६४ रुपैयाँ खर्च भएको छ । 

संस्थाका अध्यक्ष नर बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद भण्डारी, स्थानीय विकास अधिकारी भरत कुमार शर्मा लगायत जिल्ला स्थित राजनैतिक दल तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । टिकाराम खड्काको सञ्चालन, संस्थाका सचिब केसन क्षेत्रीयालको स्वागत मन्तब्य रहेको कार्यक्रको सहजीकारण पत्रकार महेश केसीले गरेका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |