शेर प्रसाद ढकाल
चौरजहारी
जिल्लाको विजयश्वरी ५ मा रहेको विजयश्वरी भगवति मन्दिर क्षेत्र भित्र सरसफाई गरिएको छ । मन्दिर र त्यस वरपरको वातावरण स्वच्छ राख्न स्थानीय दिग्दर्शन युवा क्लवले मन्दिर क्षेत्र भित्र सरसफाइ गरेको हो ।
मन्दिर क्षेत्रभित्र उम्रेका विभिन्न झारपातहरु उखरे फाल्नुका साथै प्लास्टिक, काँच लगायतका फोहोर पनि व्यवस्थापन गरिएको क्लवले जानकारी दिएको छ । क्लवमा आवद्ध २० जना सदस्यहरुले मन्दिर सरसफाइ गरेको क्लवका सदस्य निर्जल केसीले जानकारी दिए । विजयश्वरी भगवति मन्दिरमा विशेष गरी दशैंमा भगवतिको पूजा हुने गरेको छ ।

मन्दिरको रेखदेख तथा मर्मत संभारका साथै मन्दिरमा पूजाका लागि आउने भक्तजनहरुका लागि क्लवले सहजरुपमा पूजाको प्रवन्ध मिलाउदै आएको सदस्य केसीले बताए । मन्दिरमा चढाएको पैसा जम्मा गरी क्लवले मन्दिरको मर्मत संभार तथा व्यवस्थापन गर्दै आएको पुजारी शुकदेव गौतमले जानकारी दिए ।
0 comments:
Post a Comment