आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 16, 2014

मगरखाम शिक्षणका लागि अभिमुखिकरण

आहा सञ्चार
रुकुम

जिल्लाको काक्रि गाबिसको खाबाङ बगरमा दुई दिने बहुभाषा शिक्षण अभिकरण तथा लेखन समिक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 
मिक नेपालको आयोजना र युएमएन रुकुमको सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नेपालको मातृभाषाको अबस्था, बहुभाषा शिक्षणको महत्व, कानुनी प्राबधान, कार्यन्वयन प्रक्रिया, कक्षाकोठा ब्यबस्थापन, बिद्यालयको वाताबरण विकास, शिक्षण सामाग्रिको निर्माण तथा प्रयोग र शिक्षण बिधिको बारेमा छलफल गरिएको थियो । 
कार्यक्रममा बहुभाषा शिक्षणका लागि तयार गरिएको कक्षा १ को किताब लेखन समिक्षा पनि गरिएको बताईएको छ । कार्यक्रममा गाविसका आठ ओटै बिद्यालयका कक्षा १ मा शिक्षण गर्ने शिक्षक शिक्षिका र बिद्यालय प्रध्यानध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण युएमएनका बरिष्ठ शिक्षा अधिकृत कुलबहादुर चौधरी, इन्टर्न हेमन्त राई, मिक नेपालका कार्यक्रम संयोजक रमेश खड्का मगर र किताब लेखक रामबहादुर पुनले गरेका थिए ।
 जिल्ला पहिलो पटक काक्रि गाबिसका ८ ओटै बिद्यालयको कक्षा १ मा यहि शैक्षिक सत्रदेखि बहुभाषा शिक्षा अन्तरगत मगरखाम भाषाको पठन पाठन शुरु गरिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |