रुकुमको चौरजहारीमा स्थापना गरिएको चौरजहारी यातायात प्राईभेट लिमिटेड र सिस्ने हिमाल यातायात ब्यवसायी बिचमा भएका झडप तथा समस्या समाधानका लागि गरिएका पहिलहरुको दृष्य । त्यसक्षेत्रमा बस संचालनका बिषयमा केहि दिनदेखि दुई पक्षिय युवाहरुबिच झडप समेत भैरहेको चौरजहारी बजार अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहिबार सिस्ने हिमालका बस तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले चौरजहारी यातायातका पदाधिकारी तथा संबद्ध युवाहरुलाई पक्राउ गरेको बिरोधमा बजार बन्द भएको हो । दशैतिहारमा मुखमा बजार बन्द हुदा स्थानीयबासीहरुलाई किनमेलमा समस्या भएको छ ।
शब्द- मेगराज खड्का, तस्बिरहरु- गोपाल रेग्मी ।
0 comments:
Post a Comment