आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, September 8, 2014

होटेलबाट बाल मजदुरको उद्धार

आहा सञ्चार
रुकुम

जिल्ला सदरमुकाम खलंगाको एक होटेलमा काम गरिरहेका एक वालकलाई उद्धार गरिएको छ । पेउघा १ का ११ वर्षिय वालक शेर वहादुर ओलीलाई उद्धार गरीएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेरन्द्र कुमार राणा, जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति पुर्ण वहादुर खड्का र पत्रकार दिपक संगम थापाको रोहवरमा उद्धार गरि प्रभात उच्च मावि दोपाईको जिम्मा लगाईएको छ ।
 विद्यालयका प्राचार्य विजय कुमार ओलीको सक्रियतामा वालकलाई एसएलसी परिक्षा उत्तिर्ण गरुन्जेल आवासीय रुपमा शिक्षा दिन विद्यालय र जिल्ला वालकल्याण समिति विच सम्झौता भएपछि वालकलाई विद्यालयको जिम्मा लगाईएको हो । केहि दिन अघि होटेलमा काम गरिरहेका वालकलाई जिल्ला वालकल्याण अधिकृत मानविर ओलीले उद्धार गरि संरक्षण गरिरहेका थिए । बावुको मृत्यु भएका बालकको पारिवारीक अवस्था कमजोर रहेको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |