आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 2, 2014

चिन्ता नलिनुहोस, गाउँमै आउँदैछ राहात

बीरबहादुर मल्ल
रुकुम


जिल्लाको चुन्वाङ्ग गाविसका पहिरो प्रभावित घरपरिवारलाई स्थानीय स्तरमा पुगेर राहत वितरण गरिने भएको छ । पिडित परिवारले सदरमुकाम खलंगा सम्म आएर राहत लिन नसक्ने भएपछि स्थानीय स्तरमै पुगेर राहत वितरण गर्न लागिएको हो । 
    आईतबार सदरमुकाम खलंगामा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको वैठकले भौगोलिक अवस्था र वर्षायामको समयमा पिडित परिवार खलंगासम्म आएर खाद्य तथा गैरखाद्य राहत सामाग्री लिन कठिन हुन भन्दै चुन्वाङ्ग गाविसमै पुगेर    राहत प्रदान गर्ने निर्णय गरेको हो । वैठकको निर्णय अनुसार घरपुर्ण रुपमा क्षतिग्रस्त भएका ७ परिवारलाई ५ हजार, आंशिक क्षति भइ विस्थापित भएका परिवारलाई ४ हजार, उच्च जोखीममा परेका परिवारलाई ३ हजार र जोखीममा परेका परिवारलाई २ हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय भएको रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले जानकारी दिए ।

 त्यस्तै जिल्ला विकास समितिको तर्फबाट पनि ५ सयका दरले सवै पीडित परिवारलाई नगद तथा खाद्य सामाग्री गरि ७० हजार रुपैयाँ बराबरको राहत वितरण गरिनेछ भने यूनाइटेड मिसन टु नेपाल रुकुम कलष्टर र रुकुम उद्योग वाणिज्य संघले चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री पनि वितरण गरिने छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमले पीडित     परिवारलाई टेन्ट, पाल, कम्बल, त्रिपाल, भाँडाकुडा लगायतका गैरखाद्य सामाग्री  वितरण गर्ने वताएको छ । पहिलो चरणमा २५ परिवारका लागी सामाग्री भएकाले पुर्ण रुपमा घर क्षतिग्रस्त भएका र प्रभावितको अवस्था हेरेर वितरण गरिने रेडक्रसले वताएको छ । चुन्वाङ्ग र स्यालापाखाका मृतकका परिवारलाई भने नेपाल सरकारको निर्णय अनुसार राहत रकम १ लाख पु¥याइने छ । यसभन्दा पहिले जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत प्रदान गरिएको राहत रकम सहित मृतक परिवारलाई १ लाख    राहत रकम प्रदान गरिने समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले वताए ।
    नेपाल सरकारको परिपत्र अनुसार चुन्वाङ्गका मृतक विजया घर्ति र विमला घर्तिका पिता नन्दराम घर्तिलाई २० हजार र स्यालापाखाकी कल्पना कल्यालका पिता हिरालाल कल्याललाई ६० हजार राहत       रकम दिइने बताईएको छ ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |