आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, August 29, 2014

उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नै आउदैनन्

डिल्ली खत्री
खोलागाउ

जिल्लाको खोलागाउँ स्थित उपस्वास्थ्य चौकी १ बर्ष देखि ईन्चार्ज बिहिन रहेको छ । १ बर्ष देखि उपस्वास्थ्य चौकीमा ईन्चार्ज बिहिन भएसगै अन्य कार्यरत कर्मचारीहरु समेत आफुखुसि कार्यालयमा आउने गरेका छन । जसका कारण स्वास्थ्य चौकीको सेवा प्रभाबकारी बन्न नसक्दा सेवाग्राहि समेत मर्कामा परेका छन ।
चार जनाएको दरबन्दी रहेको उक्त उपस्वास्थ्य चौकीमा आईतबार एक जना फिल्ड हेर्ने बिमला शर्मा मात्र कार्यालयमा उपस्थित थिईन । 
स्वास्थ्य चौकी ईन्चार्ज तिलक घर्ति बढुवा भएर अन्य ठाउँमा सरुवा भएर गएपछि एक बर्ष देखि उनको ठाउँ खाली रहेको छ । त्यस्तै निमित्त ईन्चार्जको कार्यभार लिएका स्वास्थ्यकर्मी क्रमबहादुर थापा र कार्यालय सहयोगी डन्डबिर ओली पनि नियमित रुपमा कार्यालयमा उपस्थित हुने गरेका छैनन् । स्वास्थ्यकर्मीहरुनै नियमित उपस्थित हुन छोडेपछि कार्यालय खुल्ने गरेको भएपनि प्रभाबकारी सेवा प्रदान हुन सकिरहेको छैन । अन्य कर्मचारीहरु नियमित नहुँदा आफुलाई एक्लै काम गर्न समस्या भएको बिमला शर्माले बताईन । उनका अनुसार कर्मचारीहरुको निगरानी गर्ने स्वास्थ्यचौकी ब्यबस्थापन समिति पनि लामो समयदेखि निस्कृय रहेको छ । एक तर्फ केहि स्वास्थ्यकर्मी सरुवा भएर जाने र अर्कोतर्फ भएका स्वास्थ्यकर्मी पनि नियमित रुपमा कार्यालयमा नआउदा सेवाग्राहिहरु सहज पहुँचको स्वास्थ्य सेवा लिनबाट बन्चित भएका छन । स्वास्थ्य चौकीमा उपचार गराउन आएकी स्थानीय टिका आचार्यले स्वास्थ्य चौकीमा कर्मचारीहरु नहुँदा आफुहरु उपचारै नगरेर फर्कीन बाध्य भएको बताईन ।
त्यस्तै अर्का सेवाग्राहि लोकेन्द्र बिकले ईन्चार्ज सरुवा भएदेखि कार्यालय नियमित नखुल्ने र कर्मचारी पनि नियमित नआउनाले आफुहरुलाई यस्तो समस्या भएको बताए । त्यस्तै कर्मचारीहरुको आफुखुसि सगै कार्यालय समेत जीर्ण बन्दै गईरहेको छ । सम्बन्धीत निकायले तत्काल कर्मचारी अनुपस्थितको समस्या समाधान गरि स्थानीयलाई सहज रुपमा सेवा दिन माग गरेका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |