आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 5, 2014

जाजरकोटका कर्मचारीको सिटी जुलुस

 दिप बहादुर घर्ति
जाजरकोट

सरकारले घटाएको दुर्गम भत्ताको माग गर्दै  ५ दिन देखि आन्दोलनमा रहेको जाजरकोटका निजामती कर्मचारी र शिक्षकहरुले सोमवार सदरमुकाम खलंगामा सिटी जुलुस निकालेका छन ।
सिटी फुक्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका सरकारी कर्मचारीहरुले अन्याय पुर्वक सरकारले आफुहरुको मनोवल गिर्ने गरी  खाइपाइ आएको स्थानीय भत्ता र दुर्गम भत्ता खारेज गरेको भन्दै आफना सवै काम छोडेर सरकारको विरोधमा सांकेतिक रुपमा सिटी जुलुस निकालेका हुन ।
शिक्षक, कर्मचारीहरु सीटी जुलुस सहित प्रशासन कार्यालय घेराउमा गएपछि सरकारी कार्यालयका सम्पूर्ण सेवाग्राहीहरु मर्कामा परेका छन भनेर विद्यालयहरुमा पठनपाठन पूर्णरुपमा ठप्प भएको छ । सयौं वढी शिक्षक कर्मचारीहरुको सहभागिता रहेको जुलुसले जिल्ला प्रशासन कार्यालयमा पुगेर २० मिनेट कार्यालय घेराउ गरेको थियो ।
मंगलवार जिल्लामा पुरै सरकारी कार्यालयको काम ठप्प पार्ने र सरकारी काममा सहभागी हुने कर्मचारी र शिक्षकलाई कारवाहि गर्ने राष्टसेवक कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक राजवहादुर सिंहले वताए । उनले आन्दोलनलाइ शसक्त वनाउन र सरकारको ध्यानाकर्षण गर्न आफुहरुले अव अप्रिय  कदम समेत चाल्न पछि नपर्ने वताए । जिल्लाका वढी जनसरकोकार र सम्पर्क भएका कार्यालयहरुमा निरीक्षण गरेर भएपनि काम पुरै रोक्ने आफुहरुलेको योजना रहेको संयोजक सिंहको तर्क छ ।
जिल्लामा मोटरवाटो,बत्ती, खानेपानी, टेलिफोन आदिको समस्या हुदा हुदै पनि नेपाल सरकारले “ख” वर्गको यस जिल्लालाई “ग” वर्गमा पारेपछि जाजरकोटका धेरै सुविधाहरु कटौती हुने भएकोले आफुहरुको आन्दोलनमा सवैले साथ दिनुपर्ने उनले चर्चा गरे ।
जिल्लाका शिक्षक तथा कर्मचारीहरुले पाँच दिन देखि गर्दै आएको आन्दोलनलाई जायज माग सहितको आन्दोलन भएको भन्दै नेकपा–माओवादी जाजरकोटले आईतवार विज्ञप्ती प्रकाशित गरेर एक्यबद्धता जनाएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |