दिप बहादुर घर्ति
जाजरकोट ५ भाद्र
जाजरकोटका सम्पूर्ण पहिरो पिडितलाई एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज राजकर्णिकारले एक लाख रुपैया सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ जाजरकोट मार्फत उनले एकलाख रुपैयाँ सहयोग गरेका हुन् ।
गत हप्ताको विहिवार देखि परेको अविरल वर्षातका कारण आएको पहिरोमा परी घाइते एवम मृत्यु भएकाहरुलाई राहत उपलव्ध गराउन कर्णिकारले एभिन्युज राहत कोषको नामवाट जाजरकोट उद्योग वाणिज्य संघ मार्फत उक्त रकम दिएका हुन् । पहिरोमा परी मृत्यु भएका तथा घाइते र विस्थापित भएका रामीडाडा, सक्ला र रोकायगाउँ गाविसका सय वढी घर परिवारलाइ सहयोग गर्नका लागि आफुहरुले सुरु गरेको राहत संकलन अभियानकै क्रममा कर्णिकारवाट एक लाख रकम प्राप्त भएको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमानवहादुर खड्काले वताए ।
अध्यक्ष खड्काले पहिरो पिडितहरुका लागि जाजरकोटका व्यापारीहरु, संघका पदाधिकारीहरुवाट समेत रकम संकलन गरेर पहिरो प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामाग्री वितरणको काम गरिएको वताए । उनका अनुसार संघले मृतकका परिवारलाइ २ हजार ५ सयका दरले प्रतिपरिवारलाइ राहत सहयोग रकम उपलव्ध गराइएको छ ।
जिल्लामा ४ जनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । त्यसै गरि ३६ परिवारको घर पुर्ण रुपमा क्षति भएको, ४० परिवार विस्थापित भएको र १ सय ५० घरहरु पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
पहिरो प्रभावित क्षेत्रमा अहिले खाद्य अभाव र झाडापखालाको लक्षण देखिएको स्थानीय रामचन्द्र ज्योतिले वताए । गाउँमा वाटो पुल भत्किएका कारण स्थानीयलाइ एक गाउँवाट अर्काे गाउँमा जान निकै समस्या परेको ज्योतिको भनाई छ
0 comments:
Post a Comment