आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 20, 2014

चौफाबजार आसपासमा सिसा तथा फोहोरमैला

डिल्ली खत्री
खोलागाउँ, रुकुम

जिल्लाको खोलागाउँ गाबिसको मुल्य  ब्यापारिक केन्द्र चौफाबजारमा सिसैसिसा तथा अन्य फोहोरहरुले भरिएको छ । ७५ धरघुरी तथा ५० बढी पसलहरु रहेको चौफाबजारका होटल तथा पसलहरुबाट निस्कने फोहोर तथा मदिसा सेवनका बोतलहरुले बजार अब्यबस्थित भएको हो । आआफ्नो पसलबाट निस्कने फोहोरलाई ब्यबस्थित गर्न निर्देशन दिईसकेको भएपनि अटेरी गरेर जथाभाबी फोहोर फालिरहेको बजार ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । उनका अनुसार समितिको बैठक बसी निर्णय भईसकेको भएपनि कार्यन्वयन हुन सकेको छैन । जथाभाबी फोहोर फाल्नेले बजारको सुन्दरता हराउनुका साथै दुर्गन्धित भएर रोगहरुको महामारी हुन सक्ने देखिन्छ । अझै पनि यसरी बजार आसपासमा फोहोरहरु फालिएको फेला परेमा बजार ब्यबस्थापन समितिले कारबाही गर्ने समिति अध्यक्ष ओलीको भनाई रहेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |