आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 27, 2014

विपद्को अवस्था र राहत सम्बन्धी अन्तरक्रिया

आहा सञ्चार
रुकुम


जिल्लाको सदरमुकाम खलंगामा शुक्रवार जिल्लामा विपद्को अवस्था र उद्धार तथा राहतका लागी भएका पहल विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन पत्रकार समाज नेपाल डिम्जा शाखा रुकुमको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले विपद् व्यवस्थापन सवैको चासोको विषय भएको वताएका छन् । विपद्बाट पिडित परिवारहरुको उद्धार तथा राहतको व्यवस्थामा सवै निकायले सक्दो सहयोग गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले सवैको समन्वय र सहयोगमा मात्र पिडितहरुलाई उचित व्यवस्थापन गर्न सकिने बताए । 

सरकारको नितिले प्रकोप पिडितहरुलाई गरेको सम्वोधन पर्याप्त नभएपनि सवै क्षेत्रको सहयोगमा उद्धार तथा राहतको काम गर्न सकेमा पिडितले राज्यको अनुभुति गर्ने भण्डारीले विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सवै पिडितहरुको मागलाई जतिसक्दो सम्वोधन गर्ने प्रयास गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिसंग मिलेर जिल्ला विकास समितिले पनि पिडितहरुलाई सक्दो सहयोग गरिरहेको भन्दै उनले पुर्व तयारीमा जुट्न सवै सर्वधारणलाई आग्रह गरे । त्यस्तै देवीदल गण सल्लेका गणपति डम्बर वहादुर दर्लामी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले विपद्मा उद्धारका लागी जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए । कार्यक्रमका सहभागिहरुले विपद् पछि भन्दा विपद्का घटना घट्न नदिन विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन तथा सवैलाई सचेत वनाउनुपर्नेमा विषेश जोड दिएका छन् । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी भण्डारीले राहत तथा उद्धारका लागी गरिएका प्रयास र प्रहरी नायव उपरिक्षक कट्टेलले जिल्लाका विभिन्न ठाउँमा भएका घटना र क्षतिको विवरणको वारेमा जानकारी गराएका थिए । विपद् व्यवस्थापन पत्रकार समाज डिम्जा रुकुमका अध्यक्ष वीर वहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोइसाइटीका उपसभापति दलवहादुर खड्का, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त पुन, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक माधव वन्झाडे, जिल्ला स्वास्थ्य कार्यालयका नन्दलाल महतो लगायतले आआफ्नो निकायबाट भएका पहलका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममै नेपाली काँग्रेसका सहसचिव भिम वहादुर खड्का, नेकपा एमालेका उपाध्यक्ष ऋषि प्रसाद शर्मा, एकीकृत नेकपा माओवादीका सह सचित धर्म वहादुर केसी, नेपाल मजदुर किसान पार्टीकी सुमित्रा खड्का, राष्ट्रिय जनमोर्चाका सचिव गिरि प्रसाद वुढा र नेकपा माओवादीका सेक्रेटरी नर वहादुर पुनले पार्टीको तर्फबाट विपद् व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । डिम्जा रुकुमका उपाध्यक्ष रुद्रगोपाल डाँगीको स्वागत मन्तव्य रहेको अन्तरक्रिया कार्यक्रमको संचालन डिम्जा रकुमका सचिव गणेश सिर्पालीले गरेका थिए । जिल्ला विकास समिति रुकुम, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र रुकुमको सहयोगमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |