आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 13, 2014

मरेर बाँच्नेहरुका लागी

सम्पादकीय । बर्ष २ अंक ११ (२७ साउन । यो धर्तिमा आमाको कोखबाट जन्म लिएपछि एक न एक दिन सबै अबश्य मर्नु पर्ने हुन्छ । मृत्यु कसैको ढिलो या चाँडो त्यति मात्र हो । त्यस्तै कसैको मृत्युको कारण बुढेसकाल त कसैको अकाल । कसैको मृत्यु धिक्कार लाग्दो त कसैको सम्झना लाग्दो । यी बिभिन्न प्रकृया अन्तरत भएर मानिसको भौतिक शरिर मरेर जान्छ तर उसको कला कृति र काम समाजका लागी स्मरण योग्य छन भने ति कहिलै मरेर जान सक्दैन । तपाई हाम्रो कसैको पनि जीवन बाँचेर पनि मरेतुल्य होईन मरेर पनि बाँचे सरह समाजका लागी स्मरण हुनु जरुरी छ । 

त्यसका लागी हामी गाउँ समाज, देश तथा आम नागरिकको आँखा, मानसपटलमा अटाउन सक्नुपर्छ । कि त देश र जनताको हितको पक्षमा योगदान गर्नुपर्छ कि त कला कृतिको माध्यमबाट सबैको मनमा छाउनुपर्छ । नेपाली चलभित्र क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठ आज हाम्रो सामु  हुनुहुन्न तर के उहाँ मरे सरह हुनुहुन्छ त ? कदापी पनि उहाँ नेपाली चलभित्र क्षेत्र र चलभित्रका आम शुभचिन्तकका लागि मर्नुभएको छैन । उहाँको भौतिक शरिर हामीसंग छैन तर उहाँका कला कृति र अभिनयले गर्दा सबैको आँखा आँखामा तस्बिर जहिलै रहिरहने छ । उहाँको निधन हुँदा आज सबै नेपालीहरुले एकपटक आशु खसालेका छन, तर के कुनै अपराधीको मृत्यु हुदैमा नेपाली यसरी नै रुन्छन त ? पक्कै पनि कोहि रुने छैनन् ।

 त्यसका मृत्यु पनि फरक फरक छन कोहि मरेर पनि बाँचिरहेका छन कोहि बाँचेर पनि मरिरहेका छन । नायक श्रीकृष्ण पनि मरेर बाँचिरहने मृत्युमा पर्नुभएको छ । आहा सञ्चार साप्ताहिक रुकुमको तर्फबाट नायक श्रीकृष्ण प्रति हार्दिक श्रदाञ्जली ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |