आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 5, 2014

यातायात सेवा बन्द हुँदा यात्रुहरु समस्यामा

गोपाल रेग्मी
चौरजहारी


वर्षायाम सुरु भए संगै जिल्लाको चौरजहारी सल्लीवजार सडक खण्डमा संचालित यातायात सेवा बन्द हुदा यात्रुहरु मारमा परेका छन । १ महिना अघिदेखि चौरजहारी हुदै सल्लीवजार, दाङ र सदरमुकाम मुसिकोट खलंगा जोडने यातायात सेवा अवरुद्ध भएपछि यात्रुहरु मारमा परेका हुन ।
बर्षा संगै आएको वाढी र पहिरोले कच्ची सडक वाटो अबरुद्ध वनाएपछि चौरजहारी हुदै देशका विभिन्न ठाउँमा जाने यात्रुहरुले ७ घण्टाको पैदल वाटो हिडन वाध्य भएका छन । ८ वर्षपहिले देखि यातायात सेवा संचालनमा आएको सडक खण्डको स्तरोन्नती तथा ग्रावेल नहुँदा यसरी यात्रुहरुले वर्षायामको समयमा खहेरखोला र पहिरोको जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता रहेको हो । कच्ची ग्रामिण सडक वाटो मर्मत अभावमा बर्षेनी ६ महिना सम्म यातायात सेवा ठप्प हुदै आईरहेको छ ।
यातायात सेवा बन्द भए संगै हाल चौरजहारीमा दैनिक उपभोग्य वस्तुहरुको अभाव पर्न थालेको रुकुम उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीका अध्यक्ष तेज वहादुर विष्टले जानकारी दिए । कतिपय यात्रु तथा व्यवसायीहरुले सुर्खेतको राकम हुदै जाजरकोटको कुदु भएर वसको यात्रा गर्ने गरेका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |