आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, July 23, 2014

जिविस उक्लदै, गाविस खस्कदै

मेगराज खड्का
रुकुम


स्थानीय निकाय बित्तिय आयोगकोे न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा जिल्ला विकास समिति रुकुमले ७७ अंक प्राप्त गरि सफल भएको छ । आर्थिक बर्ष २०६९/७० को मापनको नतिजामा जिल्लाले आर्थिक बर्ष २०६८/६९ को तुलनामा ५ अंकले मुल्याङकन नतिजा बृद्धि समेत गरेको हो ।
    जिविस बिगतका बर्षहरु भन्दा अंकका आधारमा उक्लदै गएपनि गाउ विकास समितिहरु खस्कदै गएका छन । सरकारले स्थानीय निकायलाई तोकिएको न्यूनतम अनुदान उपलब्ध गराउनुका  अतिरिक्त सम्बन्धित स्थानीय निकायको जनसंख्या, विकासको स्तर, राजस्व परिचालन गर्न सक्ने सम्भाव्यता र क्षमता, वित्तीय साधनको आवश्यकता, आय र व्ययको नियमित अभिलेख कार्य, लेखा     परीक्षणको स्थिति, आर्थिक अनुशासनको स्थिति जस्ता आधारमा छनोट गर्ने गरेको छ । जस अनुसार ७७ अंक प्राप्त गरि रुकुम जिविस यस पटक पनि राप्तीमै पहिलो भएको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले सार्बजनिक गरेको नजितामा उल्लेख छ । त्यस्तै मध्यपश्चिममा बाट बाँके पछि रुकुम दोस्रो स्थानमा रहेको छ । रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले मुल्याङकनको सुचकमा जिल्लाले अझै उत्कृष्ठ हात पर्ने भन्दै जिविस अन्तर्रगत योजना शाखा र लेखा शाखाका कर्मचारिको क्षमता अभिबृद्धि देखि लिएर कार्यशैली सक्षम बनाउनका लागि अझै बिशेष पहल गर्दै लैजाने बताए ।
अरुले जिल्लाले कति कति पाए ः
राप्तीका अन्य जिल्लाहरु पनि सबै उतिर्ण भएका छन । जसमा रोल्पाले ७०, प्युठानले ६९, सल्यानले ६१ र दाङले ५८ अंक मात्र प्राप्त गरेका छन ।
 कसलाई के कति फाईदा
मन्त्रालयका प्रबक्ता दिनेश कुमार थपलियाले जारी गरेको प्रेस बिज्ञेप्ती अनुसार रुकुम जिल्ला बिकास समितिले उक्त अंक प्राप्त गरे बाफत १५ प्रतिशत थप अनुदान रकम प्राप्त गर्ने भएको छ । त्यसैगरी राप्ती अञ्चलका रोल्पा र प्युठान जिल्ला १० प्रतिशत अनुदान रकम पाउनेको सुचिमा परेका छन भने सल्यान र दाङ क्रमस १० र १५ प्रतिशत अनुदान कटौती हुने जिल्लाहरुको सुचिमा परेका छन ।
    जिल्ला बिकास समिति तर्फ ८१ वा सो भन्दा बढी अंक प्राप्त गरेमा २०, ७१ देखि ८० अंक  सम्म प्राप्त गरेमा १५ र ६७ देखि ७० अंक सम्म प्राप्त गरेमा १० प्रतिशत थप पुजिगत अनुदान प्राप्त हुने बताईएको छ । त्यस्तै ६१ देखि ३८ सम्म अंक प्राप्त गरेमा क्रमस अनुदान रकमको प्रतिशत कटौती हुने छ भने त्यो भन्दा कम अंक ल्याई असफल भएको खण्डमा सम्बन्धीत जिबिसले  अनुदान रकम प्राप्त गर्ने छैनन् ।
रुकुमका गाविसको अवस्था
यसैबिच ४३ गाविस रहेको रुकुममा २ गाविसहरु न्यूनतम शर्त मापनमा असफल भएका छन । नजिता अनुसार जिल्लाको रुकुमकोट र गरायला गाविस असफल भएका हुन । ‘जिल्लाका २ गाविस सानोतिनो कमजोरी कारण असफल भएका छन, आगामी दिनहरुमा त्यस्तो हुन नदिन सम्बन्धीत गाविस कार्यालयलाई चनासो हुन जानकारी गराईएको छ’ स्थानीय विकास अधिकारी शर्माले भने । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |