आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, July 3, 2014

रुकुममा सल्लेमा ताराको सफल उडान

आहा सञ्चार
रुकुम


लामो सयमदेखि वन्द भएको रुकुमको सल्ले एयरर्पोटमा मंगलबार तारा एयर लाइन्सको जहाजले  सफल परिक्षण गरेको छ । २०६९ साल माघ महिना बाट एयरर्पोट कालो पत्रे गर्नको लागि सम्पुर्ण हवाइ उडानहरु बन्द भएका थिए ।
 कालोपत्रे कार्य सम्पन्न भैसकेपछि  तारा एयरलाइन्सले परिक्षण उडान सम्पन्न गरेको हो । विमान चालक सहितको १० सदस्यीय  टोली रुकुमको  सल्ले यरर्पोटमा लामो समय पछि जहाज अवतरण भएपछि जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख तथा स्थानीयहरुले स्वागत गरेका थिए ।
निर्माण कार्य सम्पन्न भएको लामो समय विति सक्दा पनि जहाजको अभाबमा उडान हुन नसकेको थिएन । पहाडी जिल्लामा रहेका एरर्पोटहरु भन्दा सबै भन्दा राम्रो भएको परिक्षण उडानमा सहभागि नागरिक उड्यन पराधिकरणका डेपुटी डाइरेक्टर संजिप गौतमले वताए । उनका अनुसार अब रुकुममा सातामा ४ दिन नियमित उडान हुनेछ  । यस अघि उडान नहँदा सुत्केरी तथा अन्य गम्भीर प्रकृतिका बिरामीहरुको लागी महंगो शुल्कमा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |