गोपाल रेग्मी
चौरजहारी
नेपाली सेनाको वीरदल गण ग गुल्माका सहायक सेनानीले रगत दान गरेपछि सल्यान कालागाउँकी एक महिलाको ज्यान वच्न सफल भएको छ ।
रुकुमको चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराईरहेकी कालागाउँ ७ की ४० वर्षिय गैरी वि.क.लाई सहायक सेनानी भरत राणा मगरले बी पोजेटभिको रगत दान गर्नुभएको हो । अत्याधिक रक्तश्राव भएकी वि.क लाई रगतको आबश्यकता रहेको थियो । त्यसैगरी नेपाली सेनाका जवान फलेन्द्र अर्यालले पनि रगत दान गर्नुभएको छ । उहाँले रुकुम घेत्मा ९ का पुर्भान वलीलाई ए पोजेटिभको रगत दान गर्नुभएको हो । ७१ वर्षिय वलीलाई खुटटाको अप्रेशन गर्नुपुर्व रगतको आवाश्यकता परेको थियो । जिल्लामा ब्लड बैं हुन नसक्दा पटकपटक रगतको समस्यामा परेका विरामीहरुलाई वर्षेनी नेपाली सेना, नेपाल प्रहरी, र अस्पतालका स्वास्थ्यकर्मीले रगत दान गर्दै आईरहेका छन ।

0 comments:
Post a Comment