गोपाल रेग्मी
चौरजहारी
चिकित्सकले रगत दान गरेपछि जिल्लाको चौरजहारी अस्पतालमा एक विरामीको ज्यान वच्न सफल भएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालका मेडिकल अफिसर डाक्टर अभिजित मिश्रले रक्तअल्पताको समस्या भएका १३ वर्षिय दिनेश राणा लाई (बि) नेगेटीभको रगतदान गरेछि विरामीको ज्यान वच्न सफल भएको छ । जाजरकोट जिल्लाको जगतीपुर गाविस वडा नं ५ का राणा लाई म्यालीग्नेन्सी रोगका कारण रक्तअल्पताको समस्या परेको थियो ।

सानो उमेरमा ठुलो डोजको एन्टीवाईटिक जस्ता धेरै औषधि सेवन गरेकाले वालकलाई हाल यस्तो समस्या आएको अस्पतालले वताएको छ । ४ पोईन्ट ७ ग्राम होमोग्लोविनको मात्र भएका राणालाई तत्काल रगतको आवाश्यकता परेको थियो । विरामीका आफन्तको रगत समुह नमिलेपछि आफुले विरामीलाई रगत दान गरेको डाक्टर मिश्रले जानकारी दिए । अस्पतालमा रगतको आवाश्यकता परेका विरामीहरुलाई चिकित्सक स्वास्थ्यकर्मी , नेपाली सेना र नेपाल प्रहरीले रगतदान गर्दै आईरहेका छन । जिल्लामा ब्लड बैंक नहुँदा पटकपटक रगतको अभाव हुने गरेको छ ।
0 comments:
Post a Comment