मेगराज खड्का
रुकुम
बिगतका बर्षहमा खाद्यान्न उत्पादनमा कमी तथा खाद्य संस्थानमा समेत चामलको अभाब रहेर खाद्यान्न संकट मानिदै आएको जिल्लामा पछिल्लो समय खाद्यान्नको अबस्थामा सुधार हुदै गएको छ । खाद्यान्न उत्पादनमा बृद्धि भई खाद्य संस्थानमा चामल मौज्दात हुनाले पछिल्ला बर्षहरुमा खाद्यान्न संकटको समस्या टर्दै गएको हो ।
नेपाल खाद्य संस्थान रुकुमका प्रमुख श्याम रेग्मीले पछिल्ला बर्षहरुमा खाद्यान्न समस्या कम हुदै गएको बताए । उनका अनुसार यस बर्षातको समयमा समेत प्रयाप्त मात्रामा संस्थानमा चामल मौज्दात रहेको छ । ‘यस बर्ष जिल्लामा सामान्यतया खाद्यान्नको समस्या छैन’ कार्यालय प्रमुख रेग्मीले भने, ‘हाम्रो कार्यालयमा अहिले पनि १८ सय क्विन्टल बढी चामल मौज्दात रहेको छ ।’ उनका अनुसार जिल्लामा यस बर्ष आएको मध्य ४७ सय क्विन्टल भने चामल बिक्रि भएको छ । तर बिगतका बर्षहरुदेखि एक आर्थिक बर्षभरी जिल्लामा आएको चामल कोटामा केहि मौज्दात हुदै आएको छ । गत बर्ष पनि १७ सय १८ क्विन्टल चामल मौज्दात रहेको थियो । पछिल्ला बर्षहरुमा खाद्यान्न उत्पादनमा बृद्धि तथा यातायातको सहज पहुँचका कारण पनि जिल्लामा खाद्यान्न समस्या नदेखिएको हो । जिल्लामा रहेको उक्त मौज्दात चामलले तिहारसम्म पुग्ने संभाबना रहेको बताईएको छ ।

दुई चार बर्ष पहिले खाद्य संस्थान कार्यालयमा पुग्दा समेत रित्तो हात फर्कनुपर्ने बाध्यता रहेको थियो । खाद्य संस्थानमा चामलको अभाब भएको मौकाछोपी स्थानीय ब्यापारीहरुले कालोबजारी समेत गर्दै आएका थिए । यस पटकको चामल मौजातले खाद्य संकटको नाममा कालो बजारी गर्ने स्थानीय ब्यापारीहरुलाई नियन्त्रण गर्न समेत सहयोग गरेको कार्यालय प्रमुख रेग्मीको भनाई रहेको छ ।
जिल्लाका कुनै पनि गाबिसका सर्बसाधरणहरुलाई खाद्यान्न समस्या भएका खाद्य सस्थानको कार्यालयमा आई सस्तो मुल्यमा चामल लिन समेत कार्यालयले अनुरोध गरेको छ । ‘अरु खाद्यान्नलाई छोडि भात खान नपाएमा मात्र खाद्य संकट नाम दिने संस्कारलाई तोडेर आफ्नो स्थानीय उत्पादनको प्रयोग गर्न समेत म बिनम्र अनुराध गर्ने गरेको छु’ कार्यालय प्रमुख रेग्मीले भने ।
0 comments:
Post a Comment