आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, July 3, 2014

एमाओबादी रुकुम अध्यक्षमा- शर्मा

आहा सञ्चार
रुकुम

एकिकृत नेकपा माओवादी रुकुमको अध्यक्षमा गोपाल शर्मा सर्बसम्मत चयन भएका छन । चौथो जिल्ला सम्मेलनवाट निर्वाचित जिल्ला कार्यसमितिको साता अघि बसेको वैठकले पदाधिकारीको टुंगो लगाएको हो ।
समितिको उपाध्यक्षमा गोपेश्वर केसी, सचिवमा रामशुर वुढा,  सह–सचिव धर्मवहादुर केसी र कोषाध्यक्षमा लुम्वीनी गौतम छनोट भएकी छन । 

गएको वैशाख ११ र १२ गते सम्पन्न चौथो जिल्ला सम्मेलनले ३८ जनालाई जिल्ला कार्यसमितिमा छनोट गरिसकेको छ । जिल्ला इन्चार्ज तेज वहादुर ओलीको अध्यक्षतामा भएको वैठकमा पार्टीका स्थायी समिति सदस्य तथा मगरात राज्य इन्चार्ज नन्दकिशोर पुनको समेत उपस्थिति रहेको बताईएको छ । नबनिर्बाचित पदाधिकारीहरुले सोमबार जिल्लास्थित पत्रकारहरुसंग सुझाब सल्लाह समेत संकलन गरेको छ । पार्टि कार्यालयमा पत्रकार भेटकाट कार्यक्रमको आयोजना गरि नयाँ कार्यसमितिले गर्नुपर्ने काम कारबार्हिको बारेमा अपेक्षा संकलन गरेको छ ।

 कार्यक्रममा पत्रकारहरुले रुकुम माओबादी अब समयको माग अनुसार सूचना प्रबिधिलाई ध्यान दिनुपर्ने, पत्रकारले पार्टीका गतिबिधि तथा प्रतिक्रिया सजिलै संग लिन सूचना दिने सम्पर्क ब्यक्ति तोक्न तथा शान्तिपुर्ण राजनैतिक कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेको थिए । सुझाब सल्लाहहरु निकै महत्वपुर्ण रहेको भन्दै पत्रकारिता संग सम्बन्धीत यी सबै पक्षलाई समेटेर आउँदा दिनहरुमा अगाडि बढ्ने नबनिर्बाचित अध्यक्ष शर्माले प्रतिबद्धता जनाएका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |