हेमन्त के सी
जाजरकोट
डोल्पाको मध्येवती क्षेत्र रहेका ७ वटा गाविसमा प्रवेश शुल्कको विषयमा विवाद हुदा ३ दिन देखि यार्सागुम्वा संकलन कार्य रोकिएको छ । गाविसका स्थानिय क्लव र मध्येवर्ती क्षेत्र व्यवस्थापन समिति बिच शुल्क उठाउने विषयमा विवाद भएपछि ३ दिन देखी यार्सागुम्वा संकलन कार्य रोकिएको हो । स्थानिय यी सात वटा गाविसमा रहेका क्लवहरुलाई प्रवेश शुल्क उठाउन नदिएका कारण त्यहाँका क्लवहरुले प्रवेश शुल्क आफुले उठाउनु पर्ने माग राखेपछि समस्या बल्झिएको डोल्पाका प्रमूख जिल्ला अधिकारी कृष्णा खनालले वताए ।
जाजरकोट ,रुकुम सल्यान लगाएतका जिल्लाका हजारौ स्थानियहरुवाट मध्येवर्ती क्षेत्र व्यवस्थापन समितिले ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क लिईसकेकोले आफुहरु छिटो यार्सागुम्वा संकलन गर्न पाँउनुपर्ने माग सहित यार्सागुम्वा संकलकहरुले नारावाजी गरिरहेका जाजराकोट खगेनकोटका नारायाण सिंहले टेलिफोन मार्फत जानकारी दिए ।
समस्याको समाधानका लागी धेरै पटक छलफल भएपनि निकास निकाल्न नसकिएको उनको भनाई रहेको छ । संभाबित घटनालाई मध्यनजर गरि अहिले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ ।
0 comments:
Post a Comment