आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, June 6, 2014

बाल चौतारी भित्ते पत्रिका बिमोचन


जनक बिक
बाँफिकोटमा शनिबार बाल चौतारी भित्ते पत्रिका बिमोचन गरिएको छ । समाज परिबर्तनशिल बाल क्लब बाँफिकोट ५, बडागाउँले प्रकाशन गरेको भित्ते पत्रिकाको गाउँ बाल संरक्षण समिति बाँफिकोटका अध्यक्ष रामप्रसाद केसीले एक कार्यक्रमका बिच पत्रिकाको बिमोचन गरेका हुन । गाउँ बाल संरक्षण तथा संर्बद्धन समिति बाँफिकोटको आर्थिक सहयोगमा प्रकाशन गरिने भित्ते पत्रिका अब चौमासिक रुपमा नियमित प्रकाशन हुनेछ । बाल बालिकाहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रकाशन थालिकाएको पत्रिकाले बाँफिकोटमा बालकालिकाहरुको आवाज समेट्नुपर्ने कार्यक्रमका सहभागीहरुको भनाई रहेको थियो । क्लबका अध्यक्ष गोपीराम पुनको अध्यक्षता र बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष मनु शाहिको बिषेश आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिब प्रेम प्रकाश पुनमगरले गरेका थिए । यसैबिच सातौ गणतन्त्र दिवसको अवसर पारी बाल जागरण बाल क्लब बाँफिकोट ५ ले चम्चा र सियो रेस प्रतियोतिा समेत सञ्चालन गरेको छ । 
बालबालिका क्लब गठन
जिल्लाको बाँफिकोटमा गाउँ बाल संरक्षण समिति र गाबिस बाल सञ्जाल समिति बाँफिकोटले सयुक्त रुपमा बाल तथा बालिका क्लब गठन तथा पुनःगठनका कार्यक्रमलाई तिब्रता दिएको छ । जस अनुसार शंकर प्राबि बाँफिकोट ९, रत्न निमाबि बाँफिकोट ६, प्राबि किमुटाकुरा बाँफिकोट ७, स्यार्पुताल माबि बाँफिकोट ३, जनहित प्राबि बाँफिकोट ९, चन्द्रज्योति प्राबि बाँफिकोट २, बालकल्यान प्रस्ताबित माबि सिम्तारु, बालबिकास प्रस्ताबित निमाबि बडागाउँमा गठन गरिएको हो । गाबिसका सबै बिद्यालय तथा समुदायहरुम पनि छिटै यस्तै अभियानलाई निरन्तरता दिने बाल संरक्षण समितिका बाँफिकोटका अध्यक्ष रामप्रसाद केसीले जानकारी दिए । बालबिबाह, बालहिंसा अन्त्य, बिद्यालय तथा समुदायलाई बालबिबाहमुक्त घोषणा गर्ने लगायतका काममहरु गर्ने बताईएको छ । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |