आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, June 13, 2014

एसएलसीको नतिजा प्रकाशन

काठमाडौं , जेठ ३०- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भक्तपुरले गत चैतमा लिएको एसएलसीको नतिजा आज प्रकाशन गरेको छ । परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् । एसएलसीमा ५८ वटा विषयको परीक्षा सञ्चालन भएको थियो भने परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी थिए । परीक्षाका लागि देशभरिमा एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । जसमा सबैभन्दा बढी काठमाडौमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक एक केन्द्र कायम गरिएका थिए । परीक्षामा देशभरिमा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ जना सहायक केन्द्रध्यक्ष, २१ हजार ८९० जना निरीक्षक, सात हजार २९७ जना सहयोगी र १९ हजार ८६० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । नतिजा हेर्न: परीक्षा नियन्त्रण कार्यालयको वेसाइट www.soce.gov.np , तथा नेपाल टेलिकमको www.slc.ntc.np, www.educationsansar.com लगाएतको माध्यमबाट थाहा पाउन सकिन्छ । टेलिकमले साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर तथा जिएसएम मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर मार्कसिटसहित जानकारी थाहा पाउन सकिन्छ । - www.ratopati.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |