गोपाल रेग्मी
चौरजहारी, रुकुम २ जेठ
सल्यानको सुइकोट गाविसमा गाडी दुर्घटना हुंदा १६ जना यात्रु घाइते भएका छन् । हिजो राती सल्लीवजारबाट रुकुमको चौरजहारीका लागी छुटेको ना.३ ख.६६८० नम्बरको भेरी राप्ती व्यवसाय समितिको गाडी सुइकोट ९ गाँडेचौरमा पल्टिएको हो ।
दुर्घटनामा ९ जना गंभिर र ७ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय रागेचौरले जानकारी दिएको छ । घाइतेहरुको नेपालगंज स्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको वताइएको छ । दुर्घटनापछि गाडी चालक र सह चालक फरार रहेका छन् ।
३४ किलोमिटरको दुरीमा रहेको सल्यान सल्लीवार चौरजहारी सडक खण्डमा धेरै घुम्ती, सडक कच्ची र साँघुरो तथा चालकको लापर्वाहीका कारण यात्रुवाहक तथा माल वाहक सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । साथै पल्टिएको गाडी सडककै विच भागमा रहेका कारण आज चौरजहारी देखी सल्यान सल्लीवजार सम्मको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

0 comments:
Post a Comment