आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, May 28, 2014

“लोकतन्त्र खंलगामा छ”

                                                                                                                     एम लामिछाने
नेपालमा विभिन्न तन्त्रहरु आए । राणातन्त्र,राजतन्त्र, प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र । यी तन्त्रका पछाडी धेरै नेपाली जनताहरुले रगतको बलिदान दिए, ज्यानको बाजी लगाए । कति आमाले छोरा गुमाईन, कतिले श्रीमान, कतिले श्रीमती गुमाए । कति अबोध बालबालिकाहरुले आफना बावु,आमा गुमाए । जनताका नाममा विभिन्न पार्टि र पार्टिका नेताहरुले गरिब निम्न र मध्यम वर्गका नाममा राजनिति गरे । आन्दोलनका नाममा जनजाती,मधेशी,दलित,पिछडावर्गको नाममा गरिब जनताहरुको नाम बेचिए । 

मधेश र पहाडलाई तताए । गरिब जनताहरुको नाम पटक पटक,कहिले सडकमा,कहिले सदनमा बेचिए । बिडम्बना आफै बेचिएको बारे सधै नतमस्तक र अनभिज्ञ रहे तर राजनिति गर्नेले सधै उनिहरुको नाममा राजनिति मात्र गरिरहे । धेरै अघि, एक पटक बिश्वका अति आदरणिय नेता नेलसन मण्डेलाले भनेका थिए रे, गोराहरुले बिचरा कालाजातीहरुलाई एउटा पुस्तक हातमा राखिदिए रे अनि उनिहरुलाई आखा चिम्म गर भनेरे, धेरै वर्ष सम्म उक्त किताब हातमा राखेर आखा चिम्म गरेर बसेका ती कालाजातीलाई गोराहरुले एकदिन आखा खोल भनेरे । आखा खोलेर हेर्दा त देश त अर्कैले खाई सकेका थिए रे । नेपालमा हाम्रा नेताहरुले गरेका दुरदृष्टि बिनाका राजनितिले कतै यो दुरा अवस्था हामिले भोग्नु पर्ने त होईन ? २००७ साल देखि नै देशमा गरिबि हटाऊने, शुसाशन ल्याउने, बेरोजगारी समस्या हटाऊने नाममा गरिब जनताले रगत र पसिनाको खोलो बगाए । बिडम्बना आज २०७१ साल सम्म आईपुग्दा पनि जनताले त्यसको अनुभुति गर्न पाएनन् । गरे त केवल, तानाशाह, सामन्ती, निमुखा, शोषक, गरिब, दलित, पिडित र पिडकको नामहरुको अनुभुति पटक पटक गरे । त्यसको अनुभुति बिभिन्न तह र तपकाले गरे गरिनै रहे ।

 बिद्यार्थीको नाममा, जातियताको नाममा, अखण्डताको नाममा देशका संरचनाहरु भत्काईए । सुनौलो भविष्यको कल्पना गरेर बिभिन्न आन्दोलनका नाममा होमिएका जनताहरु सधै देशमा गरिबि हटने, शुसाशन आउने, बेरोजगारी समस्या हटने शब्दको प्रतिक्षामै रहे । न त देशमा शुसान आयो, न गरिबि हट्यो, न गणतन्त्रको अनुभुति नै प्राप्त भयो । गणतन्त्रकोे अनुभुति त केवल सिमित वर्गका पार्टि प्रतिनिधिहरुले गरे । हिजो मोहफसलमा एक कप चिया र चमेनाका लागि अनुरोध गर्ने नेता कार्यकर्ताहरु आज मदिरा, मनि र मैयामा मस्त भए । चप्पल खियाएर गाउ र शहरका गल्लीहरुमा दौडाहामा लागेका नेताहरु आज पजेरो प्रेमी बने । काठमाण्डौका महंगा र आलिशान महलहरुमा पसे । ८० प्रतिशत गरिबिका रेखामुनि रहेको देशको नेता र मन्त्रिहरुको नाममा अरबौ सम्पत्तिहरु जोडिए । न त केवल देशमा जनताको प्रजातन्त्र आयो न लोकतन्त्र, न गणतन्त्र । सप्त्तरी जिल्लाका डि.आर. यादव जो पेशाले शिक्षक छन् । उनि निरन्तर बिगत २५ वर्ष देखि जाजरकोट जस्तो बिकट जिल्लाको एउटा गाऊमा पढाई रहेका छन् । उनि भन्छन्, आफनो मान्छे उपल्लो तहमा नभए पछि केहि गर्न सकिदो रहेनछ । मेरो जिन्दगिको आधा उमेर यहि जिल्लामा नै बित्यो । राज्यको संर्किण प्रणाली बिरुद्द न उनि बोल्न सक्छन,् न आफना व्यथा कतै पोख्न नै सक्छन् । उनको मानविय सम्बेदनशिलतालाई कसले बुझन सक्छ ? । हिजो युद्दमा ज्यानको बाजी लगाएर लडेका जाजरकोटका प्रेम प्रकास ओली र माया ओली (श्रीमान श्रीमती हुन, बिगतमा प्रेम प्रकास ओली कमान्डर थिए भने उनकी श्रीमती माया ओली लडाकु थिईन)े दुई सन्तानका ती दम्पति दैनिक जिवन निर्वाहका लागि संर्घषरत छन्  न त उनिहरुको बस्ने बास छ, न त आंग छोप्ने पर्याप्त कपडा छ, । छ त केवल दुख, पिडा र भविष्यको चिन्ता छ । माया ओली भन्छिन् १० वर्षे जनयुद्दले मेरा परिवार, नाता गोता, साथी संगिनिहरु सबै टाढा भए । आजपनि मलाई शंकालु नजरले हेर्छन् । सबै साथि संगिनिहरुको बन्दोवस्त छ मेरो जिवन भने कहालि लाग्दो छ । यो लामो जिन्दगी कसरी बिताउने सम्झिदा नि कहाली लाग्छ ।
नेपाली जनताले भोक,रोग र शोककोे सधै अनुभुति गरिरहेका छन् । केहि सिमित वर्गका स्वार्थका कारण नेपाली जनता अभावै अभावको जिवन यापन गर्न बाध्य छन् । न त नेपाली जनतालाई मानव अधिकारले छुन सकेको छ । न त सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रमले छुन सकेका छन् । कतिपय सरकारी तथा गैर सरकारी संघ संस्थाहरु आजको २१ औं शताब्दिमा चर्पि निर्माण गर्न र हात धुन सिकाउने कुराहरुमा नै व्यस्त छन् भने फेस बुक र टुईटरमा फुल, माला र अबिर लगाएका फोटाहरु डाऊनलोड गर्नमा नै मस्त छन् । बिना पुर्वाधार गरिएको यो कार्यक्रमको निरन्तरता भने हेर्न बाकी नै छ । 

गैर सरकारी संस्थाहरुले देशमा भित्राईएका बजेटको आधा जस्तो बजेट त उनिहरुले जाहावाट ल्याएका हुन त्यहि पुग्छ भने बाकी ५० प्रतिशत बजेट हाम्रा देशका उपल्लो तहको खल्तीमा जान्छ । बाकी २५ प्रतिशत बजेट कित त बिचमै हराउछ कि त त्यो सिमित बजेट तालिम र गोष्ठि मै हराउछ । सरकारी निकायको अवस्था पनि त्यस्तै छ । त्यहा मौलाएकोे भ्रष्टाचारको चरम सिमालाई बिहानको सि.आई.एन् समाचार सुन्ने हो भने अख्तियारको पसिना नै छुटेको अभाष हुन्छ । काहा मात्र हेरोस त्यसले ? । सरकारी निकायका कर्मचारीहरु विकासेको तालिम, गोष्ठि र भ्रमणमै अलमलिएका छन् भने गैरसरकारी संस्थाहरु उनिहरुलाई अलमलाउन मै व्यस्त छन् । संविधान बनाउने भनि संविधानसभामा गएका नेताहरु बिदेश भ्रमणमा मक्कख छन् । कर्ण शाक्यद्दारा लिखित पुस्तकहरु ह्ेर्दा सकारात्मक सोच र आशावादिका कुराहरु बढि देखिएका छन् । सकारात्मक सोच भोको पेट र नागों शरिरले देख्दो रहेनछ । कुनै समयमा एउटा गैरसरकारी संस्थाले धनुषा जिल्लाको एक गा.वि.स.मा आमा समुह गठन गरि आमाहरुलाई पोषण सम्बन्धि हप्ते शिक्षा कक्षा संचालन गरेका रहेछन् । उक्त कक्षमा महिलाहरुको सहभागिता दर घटदो क्रममा देखेपछि । सो कार्यक्रमका संचालकहरु उक्त कक्षा निरिक्षण गर्न गएछन् । निरिक्षणको क्रममा, सोहि कक्षाकी एक अधबैशें महिलाको घरमा जादा ती महिलाको कुराले र अवस्था देख्दा यो पक्तिंकारको आखा रसाएको थियो । उक्त महिलाको भनाईमा, उनको श्रीमान पंजाब गएका छन् । ४ वटा कलिला नानिका आमा उनि जातले तराईकी दलित हुन् । उनको श्रीमानले पैसा नपठाएको ४ महिना भएछ । घरमा खानेकुरा केहि रहेनछ । कलिला बालबालिकाहरु आमाले के खान देलिन र खाऊला भनेर बसेका छन् । गाउमा काम छैन्, बालबालिकाहरु भोका छन् । गैरसरकारी संस्थाका कार्यकर्ताहरु महिला कक्षामा आऊ र पोषण सम्बन्धि शिक्षा लिऊ भन्छन् । उनि आखाभरि आसु गरेर भन्छिन् म त्यो पोषण कक्षामा जाऊ की, यी कलिला नानिहरुको खानाको व्यवस्था गर्न छिमेकीको घरमा पैचौ माग्न जाऊ । अब त पैचो माग्न पनि लाज लाग्छ । यी त एउटा पात्र मात्र हुन् । 

देशको प्रायःजसो आमाहरुको अवस्था उस्तै छ । एकिृक्रित विकास प्रणालि, पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता नभए सम्म यो दुराअवस्था रहि नै रहनेछ भने भष्ट्राचारीहरुको बुढि औला काटने हिम्मत र सबैको सम्पत्ति राज्यको नाममा राख्ने तन्त्र नेपालमा नआए सम्म यो अवस्था रहि नै रहनेछ । तराईकी ती महिला जस्तै नेपालका हजारौ महिलाले दैनिक रुपमा यो अवस्थाको पात्र सयौ वर्ष सम्म बनि नै रहनु पर्नेछ । गैरसरकारी संस्थाको कार्यक्रमहरुको झलक यी महिलाको अवस्थाले केहि हदसम्म प्रतिबिम्बत गरेको छ । एकजना मित्रले एकपटक भनेका कुराहरुले यो पक्तिंकारलाई बेला बेलाम सोच्न बाध्य पारेको छ । बिदेशवाट आएको एक वर्षे बजेटलाई एकिकृत र पारदर्शि गर्ने हो भने पनि एउटा नेपालीको एऊटा घर र एऊटा गाडी पुग्थ्यो होला । हुन पनि हो नेपाल कत्रो नै छ र ? कति नै घरधुरी छ र ? सबैले सोच्ने बेला आई सकेको छ ।
एऊटा प्रशंग जोड्न मन लाग्यो, म सगै बस्ने एक मित्रकी ७ वर्षे बालिकाको बिद्यालय लोकतन्त्र दिवसको बिदा परेकोले बन्द रहेछ । मैले ती बालिकालाई बिद्यालय किन नगएको ? भनेर सोध्दा, ती बालिकाले आज लोकतन्त्र दिवस भएकोले बिद्यालय बिदा छ भनिन् । 

लोकतन्त्रको बिदा भनेपछि, लोकतन्त्र भनेको के हो ? भनेर जिज्ञासा राख्दा उनले भनिन, लोकतन्त्र भनेको के हो ? मलाई थाहा छैन् । लोकतन्त्र त खलंगामा छ भनिन् । मलाई त्यो अवोध बालिकाको भनाईले व्यंग गरे झै लाग्यो । मैले अहिले सम्म नबुझेको लोकतन्त्रको पाठ ती अबोध बालिकाले कसरी बुझलिन ? सधै वर्षे खेतिकोे रुपमा शहरको मुख्य केन्द्रबिन्दुमा केहि विकासे र सरकारी कर्मचारिको पहलमा मनाईएको १ घण्टे बजार घुमन्ते लोकतन्त्रलाई ती अवोध बालिकाले कसरी बुझलिन नै । त्यो पनि वर्षेझरीको रुपमा आईरहने दिवशहरुको हेक्का कसलाई रहला र ? न त यसले भोको पेट भर्न सकेको छ ? न त आंग नै छोप्न सकेको छ ? न त सुरक्षाको अनुभुति गर्न सकिएको छ ? न त शुसानको । ६८ प्रतिशत पहाड, १७ प्रतिशत तराई र १५ प्रतिशत हिमाल भएको यो देशको कुना कन्तारामा बस्ने करिब पौने तीन करोड नेपालीको घर घरमा कुनैपनि तन्त्र छिर्न नसकेको अवस्थामा ती अबोध बालिकाले भनेको यो व्यंग, मात्र व्यंग मात्र नभएर सार्थकता नै होईन त ? की कसो ? अब सबैले मिलेर भनौ लोकतन्त्र खंलगामा नै छ ??????????  
    

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |