दिपक ओली
अन्धोपन अर्थात दृष्टिबिहीनता मानवले भोगिरहेको प्रमुख समस्या मध्येको एक हो । बिश्वमा झण्डै ४ करोड व्यक्तिहरु दृष्टिबिहीन छन् । जम्मा दृष्टिबिहीनहरु मध्ये ९०५ हाम्रो जस्तो अल्पविकशित वा विकाशशील राष्ट्रहरुमा बसोवास गर्दछन १९८१ भन्दा पहिले नेपाल मा आँखा को कुनै पनि तथ्याङ्क थिएन त्यसकारण विश्व स्वास्थ्य सगठनले गरेको सर्वेक्षण १९८१ लाईनै विश्वश्नीय तथ्यांक मानिन्छ । यसै तथ्यांक अनुसार नेपालका कुल दृष्टिबिहीनहरु मध्ये ८०५ भन्दा बढिलाई रोकथाम वा उपचारबाट निवारण गर्न सकिने अनुमान छ । नेपालका कूल दृष्टिबिहीनहरु मध्ये झण्डै ९२५ ग्रामिण क्षेत्रमा बसोवास गर्दछन् ।
अन्धोपन अर्थात दृष्टिबिहीनता मानवले भोगिरहेको प्रमुख समस्या मध्येको एक हो । बिश्वमा झण्डै ४ करोड व्यक्तिहरु दृष्टिबिहीन छन् । जम्मा दृष्टिबिहीनहरु मध्ये ९०५ हाम्रो जस्तो अल्पविकशित वा विकाशशील राष्ट्रहरुमा बसोवास गर्दछन १९८१ भन्दा पहिले नेपाल मा आँखा को कुनै पनि तथ्याङ्क थिएन त्यसकारण विश्व स्वास्थ्य सगठनले गरेको सर्वेक्षण १९८१ लाईनै विश्वश्नीय तथ्यांक मानिन्छ । यसै तथ्यांक अनुसार नेपालका कुल दृष्टिबिहीनहरु मध्ये ८०५ भन्दा बढिलाई रोकथाम वा उपचारबाट निवारण गर्न सकिने अनुमान छ । नेपालका कूल दृष्टिबिहीनहरु मध्ये झण्डै ९२५ ग्रामिण क्षेत्रमा बसोवास गर्दछन् ।
नेपालमा दृष्टिबिहीन गराउने प्रमखु आँखा स्वास्थ्य समस्याहरु मध्येमा मोतिबिन्दु, खस्रे (ट्रकोमा) र आँखाका अन्य संक्रमणहरु, जलबिन्दु, चोटपटक, भिटामिन ए को कमी र दृष्टि पर्दा वा दृष्टिस्नायु सम्बन्धी रोगहरु पर्दछन् । नेपालमा कुल दृष्टिबिहीनताको ६० देखि ७० प्रतिशत भाग एक्लै मोतिबिन्दुका कारण हुने गरेको छ । यसै गरी २.४५ दृष्ट्रिबिहीनता ट्रकोमा रोगका कारणले हुने गरेकोछ । ८८ हजार ८ सय नेपालीहरु जलबिन्दु रोगबाट पीडित छन भने यस संख्याको ३ दोव्बर नेपालीहरु यस जलबिन्दु रोग लाग्ने खतरामा रहेको अनुमान छ । यसै गरी बर्षेनी २ लाख १० हजार नेपालीहरुको आँखामा चोटपटक लाग्ने गरेको छ । जसका कारण आँखाको नानीमा घाउ भइ प्रत्येक दिन १३० जना नेपालीको आँखामा न्यून दृष्टि वा दृष्टि बिहीन हुने गरेको छ । मधुमेह अर्थात चिनीको रोग र उच्च रक्तचाप पनि दृष्टि बिहीनताका कारण मध्येमा पर्दछन् र यी रोगका कारण दृष्टिबिहीन हुनेहरुको संख्या बर्षेनी बढ्दो क्रममा छ । यसैलाई मध्यनजर गरी नेपालमा पनि आँखा सेवा लाई सर्वसुलभ ढगले अगाडि बढाउनु पर्छ भन्ने हेतुले डा. राम प्रसाद पोखरेल अर्थात आखा बाको नेतृत्व मा २०३५ सालमा नेपाल सरकार द्धारा मान्यता प्राप्त नेपाल नेत्र ज्योति संघको स्थापना गरियो । त्यसैको स्वामित्वमा रहि २०४५ सालमा नर्वेजियनको सहयोगमा राप्ती आँखा अस्पताल स्थापना गरियो । त्यसैको प्रतिफल स्वरुप हाल आएर राप्ती आँखा अस्पताल द्धारा सञ्चालित तिन ओटा आँखा अस्पताल र तिन ओटा आँखा उपचार केन्द सञ्चालनमा छन । त्यसकारण राप्ती आँखा अस्पतालमा डोनर फेज आउट हुदै गर्दा र नेपाल सरकारको आर्थिक सहयोग नरहेको अबस्था मा आखा सेवा लाई कसरी अगाडी लैजाने भन्ने बारे सोच्नै पर्ने बाध्यता छ । जसका कारण रुकुम आखा उपचार केन्दको सन्दर्भमा तमसोमा ज्योतिर्गमय अर्थात अध्यारो बाट उज्यालो भन्ने धारणामा समर्पित नेपाल नेत्र ज्योति सँघ अन्र्तगत राप्ती आँखा अस्पताल द्धारा सञ्चालित शाखाको रुपमा सन् २०११मा रुकुमको सल्लेमा “सल्ले आँखा उपचार केन्द्र” को स्थापना गरियो । शुरुमा स्थानीय पूर्वाधार नभइसकेकाले जिल्ला अस्पतालको भवनमा दुई कोठामा सञ्चालन हुँदै आइरहेको थियो भने ६ महिना नवित्दै त्यहाँको आन्तरीक कार्यको वाबजुत बाहिर सर्न बाध्य भयो । हाल आएर विभिन्न समस्याका बावजुत पनि नेपाल रेडक्रस सोसाइटीको भवनमा भाडा तिरी सञ्चालन हुँदै आएको छ । र यो पनि कति समय सम्म स्थायित्व रहने भन्ने वारे चुनौतिको विषय बनेको छ । यहि चुनौतिको बावजुत पनि रुकुम आँखा उपचार केन्द्रले २०१३ मा मात्रै आँखा उपचार केन्द्र मा २७२० र सामुदायक स्तरमा २७२५ गरी ५४४५ जना को आँखा जाच तथा उपचार गरेको छ भने ३२१ जनाको निशुल्क अप्रेशन गरेको छ । यसर्थः नेपालमा सहज रुपमा सस्तो सेवा शुल्कमा गुणस्तरिय आँखा उपचार सेवा उपलव्ध भएका कारण बर्षेनी ठुलो संख्यामा बिदेशबाट नेत्र रोगी र दृष्टिबिहीनहरु नेपाल आई सेवा लिने गरेका छन तर नेपालका दुर्गम ग्रामिण भेगमा रहेका दृष्टिविहिनहरु खास गरी अज्ञानताका कारण आप्mनै देशमा उपलव्ध आँखा सेवा लिनबाट बञ्चित रहेका छन । उनिहरुलाई आप्mनो दृष्टिविहीनतालाइ उपचारबाट ठिक पार्न सकिन्छ भन्ने ज्ञान नहुँदा यसलाइ पुर्व जन्मको कर्मको फल वा देबी देवताको दोष आदि ठानेर अनाहकमा दुःख पाई बसेका छन । यसरी दृष्टि विहीन भएर बसेका खास गरी दुर्गम भेगका व्यक्तिहरुमा आवश्यक चेतना जगाई आँखा उपचार सेवा लिन अभिपे्ररित गर्नुका साथै उनीहरु सम्म सर्ब सुलभ रुपमा आँखा उपचार सेवालाई पु¥याउनका लागी देशमा बिद्यमान आँखा उपचार सेवालाई अझै प्रभाबकारी रुपमा विकाश तथा विस्तार गर्नु आँखा सेवामा सम्बद्ध सबैका सामु प्रमुख चुनौतीको रुपमा रहेको छ । त्यसकारण यस कार्यमा हरेक क्षेत्र र प्रत्येक सचेत नागरिकको सहयोगको अपेक्षा रहेको छ । त्यसकारण रुकुममा पनि सहज रुपमा सस्तो सेवा शुल्कमा गुणस्तरिय आँखा उपचार सेवा उपलव्ध बनाउन र बिद्यमान आँखा उपचार सेवालाई अझै प्रभाबकारी रुपमा विकाश तथा विस्तार गर्नु हामि सबैको दाईत्व रहेको छ । लेखक ओली आँखा उपचार केन्द्र सल्ले रुकुमका प्रमुख हुन ।
0 comments:
Post a Comment